Logo

सुर्य स्नानको फाइदै फाइदा



वनस्पति वा प्राणी जगत सुर्यको उर्जाबाट विकास र निर्माण भएको हो । सबै प्रकृतिको प्राण तथा उर्जा हो, सुर्य । पंचभुत जल, आकास, वायु,पृथ्वी र तेजमध्ये सुर्य वा तेजको महत्वपुर्ण भुमिका रहेको हुन्छ । जलको दुध जस्तो सेतो, पृथ्वीको पहेँलो, अग्निको सुनौलो रातो, किनारमा हरियो प्रकाश, वायुको नीलो र आकाशको धुवाँजस्तो रङलाई मानिएको छ । यसैको असन्तुलनले नै मानव स्वास्थ्यमा असर गर्छन ।

योग प्राकृतिक चिकित्सामा यसै रङलाई नै सुर्य स्नान भनिन्छ । सुर्य स्नान अर्थात सनबाथको फाइदै फाइदा छ । तर, यसको विधि छ ।

विधि

घरमा नै सजिलै बनाएर सुर्य स्नान गर्न सकिन्छ । ५ फिट लामो प्लाष्टिकलाई बोरा जस्तो बनाउने, जसमा मानिस सजिलै संग छिर्न सकियोस् । सो प्लास्टिकमा मानिस छिरेर पैतालामा र घाटीमा हावा नर्छिनेगरि बाध्नुपर्छ ।

खाली ठाँउमा, घाम लाग्ने चौरमा अभ्यास गर्दा फाइदा हुन्छ । शिरमा बेलाबेलामा पानी छर्कदै जाने, टाउमा रुमाल भिजाएर बाँध्ने ताकी शीर धेरै तातो हुन नपाओस् । प्लास्टिक बेरेर घाममा सुत्ने र कम्तीमा ३ गिलास पानी पिउने ।

सुर्यको किरणले राम्रोसंग स्पर्श गर्न पाओस् भनेर शरीरमा लुगा कम लगाउने । हावा बन्द गरेर प्रकाशको उष्णता बढ्दै गएपछि छिटो खलखलि पसिना आउँछ । यो प्रक्रियालाई करिव १५ मिनेट राख्नुपर्छ र शरीर बाट पसिना आएपछि बन्द गर्नुपर्छ ।

फाइदा

सुर्य स्नान गर्नाले मानिसको भित्र गडेको पुरै चीसो बाहिर निकाल्छ । चीसोको कारणले हुने सबै प्रकारको रोगलाई सुर्यस्नान निकै प्रभावकारी हुन्छ ।
सुर्यबाट प्राप्त हुने भिटामिन ‘डि’ मानव शरीरलाई अत्यन्तै आवश्यक हुन्छ । जसलाई हामीले बाक्लो लुगा लगाएर ढाकेका हुन्छौ । र त सुर्यका रङयुक्त प्रकाशबाट टाढीन्छौ र अनेक रोगबाट हामी पिडीत हुनुपर्छ । त्यो समस्या सुर्य स्नानबाट समाप्त हुन्छ ।

बहुमूल्य औषधी सेवन गर्नु भन्दा सुर्यको प्रकाश लिनु कयौ गुणा राम्रो हो । यसरी कम्तीमा हप्तामा १ दिन पसिना निकाल्दा विषाक्त तत्वलाई बाहिर निकाल्न सहयोग पुग्छ ।



प्रतिक्रिया दिनुहोस्