Logo

कस्को श्रापले धृतराष्ट्र नेत्रहीन जन्मिए



धृतराष्ट्र जन्मिदै नेत्रहीन थिए । महारानी सत्यवतीको दुई छोरा थिए चित्रागंद र विचित्रवीर्य । जेठा चित्रागंद अल्पआयुमा गन्दर्भका राजासँगको युद्धमा मारिए । कान्छा विचित्रवीर्यलाई बाल्यकालमै उनका सौतेला दाजु भीष्मले गद्दीमा राखे ।

विचित्रवीर्य काशीकी राजकुमारी अम्बालिका र अम्बिकासंग विवाह गरे । तर, सन्तान नभइकन बिरामी परेर निधन भयो । पछि विचित्रवीर्यको मृत्यु भएपछि अम्बिालिका र अम्बिका सन्तानविहनि भएकोले महारानी सत्यवती निकै दुःखी भएको थिइन् ।

सत्यवतीले भीष्मलाई डाकेर अम्बालिका र अम्बिकासँग विवाह गरेर गद्दीमा बस्न भनिन् । तर, प्रतिज्ञामा बाँधिएका भीष्मले मानेनन् । त्यसपछि सत्यवतीले महर्षि वेदव्यासलाई सम्झिइन् । व्यास उनकै छोरा थिए ।

महर्षि वेदव्यासलाई यो समस्याको निराकरण गर्न भनिन् । यसपछि वेदव्यासबाट अंबिकाको सन्तान भयो । व्यास अम्बिकासम्म पुग्दा डरले आँखा चिम्लिइन् । वेदव्यासको तेज सहन नसकी उनले आफ्नो आँखा बन्द गरेकील्े धृतराष्ट्र नेत्रहीन जन्मिए ।

कुन श्रापको कारण भए धृतराष्ट्र दृष्टिविहिन

महाभारतका अनुसार धुतराष्ट्र आफ्नो पुर्वजन्ममा निकै पापी थिए । उनले कसैको भावनामा ख्याल राख्दैनथे । तर आफु खुशी हुनको लागी जसलाई पनि धेरै दःख दिने गर्थे । यसै प्रसंगमा एउटा कथा जोडिएको छ । एकपटक हाँसको जोडी आफ्नो बच्चाको साथ आरामसंग बसेका थिए । त्यतिबेला राजाले हाँसको आँखा फोड्न आदेश दिए । उनको आदेश मानेर आँखा फेडियो । पूर्व जन्ममा यस्तै आदेश दिदै धृतराष्ट्र क्रुर बने । यसैकारण उनी अर्को जन्ममा नेत्रहीन भएर जन्मिएको कथा छ ।



प्रतिक्रिया दिनुहोस्