Logo

कास्की–२ मा विद्या भट्टराई विजयी, काग्रेसका पौडेल ८ हजार मतान्तरले पराजित



कास्की । प्रतिनिधिसभा सदस्यका लागि शनिबार सम्पन्न उपनिर्वाचनमा कास्की निर्वाचन क्षेत्र २ मा नेकपा उम्मेदवार विद्या भट्टराई २४ हजार ३९४ मत ल्याइ विजयी भएकी छिन् । उनले निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार खेमराज पौडेललाई ८ हजार ४०३ मतान्तरले पराजित गरेकी हुन् ।

कांग्रेस उम्मेदवार पौडेलले कुल १५ हजार ९९१ मत प्राप्त गरे । यस्तै समाजवादी पार्टीका उम्मेदवार धर्माराज गुरुङले १९ सय २२, राप्रपाका उम्मेदवार रोमबहादुर भण्डारीले ११५३, साझा पार्टीकी उम्मेदवार रजनी केसीले ९४२ मत प्राप्त गरेकी छिन् ।

पोखरा महानगरपालिकाका ११ वटा वडा समेटिएको निर्वाचन क्षेत्रमा ७१ हजार ८ सय ७१ मतदाता थिए । त्यसमत्ये ४५५६३ मत खसेको थियो ।



प्रतिक्रिया दिनुहोस्