Logo

तुलसा खत्री पलायन हुनुमा सरकारको गल्ती छ-पुरुषोत्तम पौडेल, पूर्व खेलकुदमन्त्री



काठमाडौं, १५ मंसिर । पूर्व खेलकुदमन्त्री पुरुषोत्तम पौडेल नेकपा नेता पनि हुन् । साग खेलकुद र नेपालमा खेलाडी पलायनको अवस्थाबारे ऋषि धमलाले पौडेलसँग गरेको कुराकानीः
सागमा जसरी तयारी हुनुपर्ने हो, त्यो भयो कि भएन ?
नेपालले साग खेलको लागि आफ्नो साधन, स्रोत र क्षमता अनुसार तयारी गरेको पाइन्छ । हाम्रो अवस्था तपाईं हामी सबैलाई थाहा छँदैछ । त्यही अवस्थाअनुसारको व्यवस्था गरिएको छ ।
पुननिर्माण अभैm भइराखेको छ, पहिल्यै गर्नुपर्ने होइन र ?
अहिले यो सागको झन्डा लिएको चार वर्षभयो । त्यही बेलादेखि लागेको भए अहिले यस्ता हतारो र चटारो खेप्नुपर्ने थिएन । तर, हामी तीन वर्ष आरामले बस्यौं, चौथो वर्ष मात्रै सुरु गरौं त्यसैले चटारो भएको हो ।
जुन काम पनि हामीकोमा किन समयमा हुँदैन ?
पहिलो कुरा अन्तर्राष्ट्रिय प्रतियोगिता गर्ने भनेपछि त्यसको जिम्मेवारी राज्यको हो । यसभन्दा पहिला राष्ट्रिय प्रतियोगिता नेपालगन्जमा हतारमै गरियो । त्योभन्दा पहिला विराटनगरमा पनि त्यस्तै भयो । अहिले हामी साग प्रतियोगिता काठमाडौंमा गर्दैछौं । यो पनि त्यस्तो चटारोमा गर्दैछौं । पहिलो कुरा त खेलकुद जस्तो मानव जीवनको लागि महत्वपूर्ण विषय हो । त्यसलाई हामीले कुनै प्राथमिकतामा राखेका छैनौं । बजेटको कुरा यो साल अति कम छ । देशको राजधानी जस्तो ठाउँमा एउटा पनि अन्तर्राष्ट्रिय स्तरको कवड हल छैन । हाम्रो दशरथ रंगशालालाई अन्तर्राष्ट्रिय स्तरको मानिँदैन । हाम्रो रंगशाला देखेर विदेशीहरु छक्क पर्दछन् । त्यस्तो पनि अन्तर्राष्ट्रिय स्तरको कवर्ड हल भनेर । अर्को कुरा हाम्रो खेलाडीहरुको स्तर हेरेर ठोकुवा गरेर भन्ने अवस्था आउँदैन । हामी अनुमान गर्दछौं ।
अनुमान गरेर मात्रै भएन, आधार दिनसक्नु प¥यो नि ?
आधार दिनलाई हामीसँग अन्तर्राष्ट्रिय स्तरको पूर्वाधार हुनुपर्छ । अन्तर्राष्ट्रिय स्तरको खेलाडीलाई प्रशिक्षण हुनुपर्छ । अन्तर्राष्ट्रियस्तरका खेल सामग्रीमा हामीले खेलिरहेको हुनुप¥यो । जस्तो हाम्रो खेलाडीले खेल खेल्दा लगाउने सामग्रीहरु प्रतिस्पर्धाको दिन लगाउनुपर्छ । अन्तका खेलाडीहरुले वर्षौंदेखि त्यही सामग्रीसँग खेलिरहेका हुन्छन् । त्यो सामग्रीसँग ज्ञान भएकासँग हामी नभएकाले लड्दा के हुन्छ ? अहिलेसम्म हामी हाम्रा खेलाडीको मनोबलका कारण लडिरहेका छौं । खेलका लागि जुन म्याट दुईदिन अगाडि आएका छन् । त्यसमा अभ्यास गर्नै पाएका छैनन् हाम्रा खेलाडीहरुले । त्यसमा वर्षौदेखि लेखिरहेकासँग प्रतिस्पर्धा गर्नुपर्ने वाध्यता हाम्रा खेलाडीहरुलाई छ । यस्तो अभावका बाबजुद पनि जापानमा नांगो खुट्टा दौडेर जीतबहादुर केसीले स्वर्णपदक ल्याइदिए ।
हाम्रा खेलाडीहरु विदेश खेल्न गएर उतै लुक्छन् नि ?
कहिलेकाही यस्ता घटनाहरु भएका छन् । जस्तो चाइना, कोरिया, युरोपतिर गए भने केही साथीहरु त्यहाँ बस्दिन्छन् । किन त्यस्तो भयो ? त्यसको कारण बुझ्न जरुरी छ । जस्तो अहिले साग खेल सुरु हुनु तीन अगाडि कतारतिर लाग्नुभयो । यसो हुनुमा सरकारको गल्ती छ । किन पहिलो उनीहरुलाई उपयुक्त प्रशिक्षण छैन । दोस्रो प्रोत्साहन छैन । त्यस्रो राष्ट्रिय खेलाडीलाई कम्तिमा रोजगारीको व्यवस्था हुनुपर्छ त्यो पनि छैन । हामीले राष्ट्रको लागि खेलेर के पाउँछौं भन्नेमा खेलाडीहरु आस्वस्त छैनन् । यसले खेलाडीहरु पलयान भइरहेका छन् ।
यो पलायन्तालाई रोक्न के गर्नुपर्छ ?
नम्बर एक उनीहरुलाई यथेष्ट संरक्षणको व्यवस्था हुनुपर्छ । तिमीहरु राष्ट्रको लागि खेल्दैछौं भने तिम्रो लागि राष्ट्र छ भन्ने हुनुपर्छ । उनीहरुको खेल जीवन सकिनासाथ रोजगारीको व्यवस्था हुनुप¥यो । रोजगारी नहुने हो भने निवृत्तिभरण हुनुपर्छ । यीमध्ये कुनै एउटा विकल्प भयो भने खेलाडीहरु देशको लागि आरामसँग खेल्छन् । स्वर्णपदक तीनपटक ल्याएका खेलाडी पनि विदेश पलाएन हुने स्थिति छ । खेलकुदमा लगानी बढाइदिने हो भने स्वास्थ्यमा घटाउँदा पनि हुन्छ । स्वास्थ्य क्षेत्रमा भएको भ्रष्टाचारको रकम घटाएर खेलकुदमा लगाउने बित्तिकै राम्रो हुन्छ । अर्को पूर्वाधार पनि हामी समयमा बनाउँदैनौं । साग आयो भने ६ महिना अगाडिबाट दातासँग कुरा गर्न थाल्दछौं । अरु देशले यस्ता साग प्रतियोगितालाई अवरको रुपमा लिन्छन् । हामीले चाहिं वाध्यताको रुपमा लिन्छौं । अर्को साग गर्छौं भन्दै गर्दा हाम्रो चार÷पाँचवटा मन्त्री फेरिए । मन्त्री फेरिएपिच्छे प्राथमिकता पनि फेरिए ।
खेलाडीको खानपान पनि राम्रो भएन भन्ने छ नि ?
यसमा पनि केही सुधार भएको छ । तर, पनि खेलअनुसारको खेलाडीलाई डाइट चाहिन्छ । यसका विभिन्न नियमहरु छन् । जस्तो कुन खेलको निम्ति कस्तो खाना खानुपर्ने ती चिजहरुको अध्ययन हुनुपर्छ । हामीको सबै खेलाडीलाई एउटा रेटमा खाना खर्च दिन्छौं । खाना हामीले खेलअनुसारको दिन सक्दैनौं । अरु अरु मुलुकले खेल अनुसारको खानाको खर्च दिएको देख्छन् । त्यसरी नै हाम्रा खेलाडीले पनि खोजेका हुन्छन् । पुरी तरकारी र कचौरी खाएर बग्सिङ खेल्न इस्टामिना पुग्दैन ।
सागमा नेपालको उन्नति कत्तिको देख्नुहुन्छ ?
यसपालिको सागमा हामी दोस्रो हुन्छौं ।
अहिले नै नेपाल पहिलो हुनलाई गाह्रै छ ।



प्रतिक्रिया दिनुहोस्