Logo

धरानमा काँग्रेसको जित



काठमाडौं, १६ मंसिर । धरानमा नेपाली काँग्रेसका तिलक राईले जित हासिल गरेको छ ।

पछिल्लो मतपरिणाम अनुसार नेपाली काँग्रेसका तिलक राईले नेपाल कम्युनिष्ट पार्टीका उम्मेदवार प्रकाश राईलाई उछिन्दै आफ्नो जितलाई सुनिश्चित गरेका हुन् ।

यस अघिको चुनावमा नेकपाका उम्मेदवारले जितेको स्थानमा काँग्रेस उम्मेदवारले जित हासिल गरेसँगै नेपाली काँग्रेसले अर्काे इतिहास रच्न सफल भएको हो । यसअघिको चुनावमा नेकपा उम्मेदवारले जितेको स्थानमा काँग्रेस उम्मेदवारले चुनाव जित्नुलाई चासोका साथ हेरिएको छ ।  धरान उपमहानगरपालिकाको अघिल्लो पटक नेकपाले जित हासिल गरे पनि पछिल्लो समयमा नेकपाबाट आएको नैराश्यताका काँग्रेस उम्मेदवारको जित हुन पुगेको अनुमान गर्न सकिन्छ ।

धरान उपमहानगर प्रमुखमा तिलक राई
तिव्र प्रतिष्पर्धाका बीचमा नेपाली काँग्रेसका तिलक राईले जित हासिल गरेका हुन् । अन्तिम समयमा आफ्नो मतान्तरण बढाउदै उनले आफ्नो जितलाई सुनिश्चित गर्न सफल भएको हो । जित हासिलसँगै नेपाली काँग्रेसका तिलक राई धरान उपमहानगरपालिकाको प्रमुख बनेका छन् ।



प्रतिक्रिया दिनुहोस्