Logo

विकास निर्माणमा पद्धति आवश्यक



काठमाडौँ, १६ मंसिर । सरकारले समृद्ध नेपाल र सुखी नेपालीको मुख्य नारा तय गरेर काम गरिरहेका बेला विकासका पूर्वाधार निर्माणको कामले खासै गति लिन सकेको देखिँदैन । सरकारी तहबाट टेण्डरमा गएका साना–ठूला आयोजनाको निर्माणकार्य निर्धारित समयमा सम्पन्न नभएर नागरिक निराश छन् ।

प्रधानमन्त्रीले समयमै आयोजना टुङ्गो लगाउन निर्देशन दिइरहनुभएको छ । तर, काम गर्ने पक्षले परिणाम देखाइरहेका छैनन् । यस्तो किन हुन्छ रु कहाँ छ समस्या रु समाधानको उपाय के हो रु यिनै विषयमा केन्द्रित भएर पूर्वाधार विज्ञ प्रां.डा. सूर्यराज आचार्य, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका प्रवक्ता राजेश्वर ज्ञवाली र नेपाल निर्माण व्यवसायी महासङ्घका अध्यक्ष रवि सिंहलाई गोरखापत्र संवाद कार्यक्रम मार्फत् विभिन्न विषयमा विर्मश भएका थिए ।
गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्