Logo

विद्याले जीवनभर निष्ठाको राजनीति गरेकालाई हराउँदाको चुनौती



दिलिप बाबु शिवा: हिजो चुनावि दौडमा हामी अस्तिवको लडाईमा थियौ।आफ्नो आस्था र सिद्धान्तले जित्नुपर्ने हठ अथवा जिताउनु पर्ने आकांक्षाका कारण तपाई माथि संगिन आरोपहरु लगायौ।

ति आरोपको जग, तपाई संग सम्बन्धित ब्यक्तिले हिजो शक्तिमा हुदा गरेका कूकर्महरु थिए,कपोकल्पित र प्रायोजित थिएनन।
हिजो सम्म तपाई हाम्रो सम्बन्ध दुई बिपरित आस्था भएका दलका प्रतिद्वन्दि नेता(कार्यकर्ताको थियो।तर आजबाट तपाई ति सबै चरण र चुनैति पार गर्दै,सिंगो देशको नेता भैसक्नु भएको छ।
यहालाई बधाई छ।

चुनावि दौडका दौरान भएका आरोप अथवा बिमतिलाई अपमान को रुपमा नलिई उर्जाको रुपमा लिनुहोला र ति सबै आरोप फगत थिए भन्ने आफ्नो कर्महरु द्वारा पुष्टि गरिदिनु होला।

तपाईले जिवनभर निष्ठाको राजनिती गरेका ब्यक्तिलाई मतमा पछाडि पारेर उपबिजेता बनाउनु भएको छ।यस मानेमा पनि यो जित तपाईका लागि एउटा ठुलो चुनैति बनिसकेको छ।एउटा निष्ठावान र जनातको असलि सेवकको बिकल्पमा तपाईलाइ रोज्ने जनताको मन नदुखाउनु होला।र मन ति जनतासंग पनि नदुखाउनु होला जसले तपाईलाई मत दिन सकेनन अथवा चाहेनन।

कास्कि २ का समस्याहरुलाई प्रतिनिधित्व गरी संसद भवन सम्म लौजानो गाडिको ड्राइभर सिटमा जनताले तपाईलाई चुनिसकेका छन।जसले तपाईलाई मत दिन सकेनन तिनिहरुले तपाईलाई सहि मार्ग दर्शन भने दिनेछन।

तपाई गलतबाटमा जादा तपाईलाई घच्घचाउने छन र सहि बाटोमा जान प्रेरित गर्नेछन।लोकतन्त्रको सुन्दरता भनेकै यहि हो।जनताका भावना र आवश्यकता लाई बुझेर सफल कार्यकाल ब्यतित गर्नुहोस।

तपाईले चुनावि दौडमा”रबिन्द्र जि का सपना पुरा गर्छु।” भनेर जनता आश्वास्त पार्नु भएको छ। रबिन्द्र जि का सपना के थिएरु त्यो तपाईको परिवार भित्रको गोप्य बिषय हो र सायद तपाई भन्दा दोस्रो या तेस्रो ब्यक्तिलाई थाहा छैन।किनकि, रबिन्द्र जि को अर्धांगिनिका नाताले उहा संग सबैभन्दा बढि परिचित तपाई हुनुहुन्थियो।

मरोणोपरान्त आफ्नो टाउकोमा ईतिहासकै ठुलो कलंक बोकेर रबिन्द्र जि यस धर्तिबाट बिदा हुनुभएको छ।यस भित्रको रहस्य के छ भगवान जानुन।
तपाई र रबिन्द्र जि भन्दा बिपरित आस्था राख्ने पार्टिको कार्यकर्ता र देशको चिन्ता गर्ने एउटा आम नागरिकको हैसियतमा तपाई लाई सुझाव स्वरुप आग्रह गर्न चाहान्छु।रबिन्द्र जि का जनता संग गासिएका महोत्वकांक्षा थिए भने त्यसलाई पुरा गर्नुस।त्यो तपाईको उत्तरदायित्व हो र आफुलाई प्रमाणित गर्ने अवसर पनि हो।उहाका सपनाहरु निर्वाद रुपमा पुरा गर्न तपाईलाई पर्याप्त अवसर मिलेको छ।रबिन्द्र जि का सपना पुरा गर्नुस तर पार्टिगत दवावमा जनता बिर्सिएर रबिन्द्र जि ले जस्तो आलोचित कूकर्म र कुनै पाप नगर्नुस।र सम्भव भए सम्म रबिन्द्र जिको बिचाराधिन मुद्धा टुंगो लगाएर उहालाई निर्दोष हुनुहुन्थियो भने उहाँ र तपाईको परिवारलाई लागेको कलंक मेटाउन तपाईलाई सफला मिलोस।

तपाई पति गुमाएको शोकमा हुनुहुन्छ।शोकमग्न घडिमा तपाईको घाउहरु कोट्याउन त चाहिदिन तर रबिन्द्र जि देशले आश गरेको नेता हुनुहुन्थियो।उहाबाट यस किसिमको कुठाराघातको कल्पना कुनै नेपालीले गरेको थिएन।त्यस कारण उहाका कूकर्मले मन दुखेको छ।जनताको मन दुखेको सुन्ने र सुन्नपर्ने स्थानमा पुगिसक्नु भएकि तपाईलाई यो कुरा सुनाउनै पर्छ।ताकि लोकप्रिय मत पाएर यो स्थान हासिल गर्नु भएकी तपाई भोलिको दिनमा गलत बाटो गएर पुन जनताको आशालाई निराशामा बदल्ने दूश्प्रयत्न नगर्नुहोस।पार्टि भन्दा माथि उठेर जनता र देशको लागि आफुलाई समर्पित गर्नुहोस।

तपाईलाई अधिकतमले सहानुभूतिको मत दिए, केहिले तपाईलाई बिश्वासको मत पनि दिए।जसले जस्तो मत दिएपनि मत संगै मन पनि दिएका छन।जसले तपाईलाई यस दौडको बिजेता बनाएको छ।जनताले तपाईलाई शासक भन्दा पनि सेवकको रुपमा हेर्न चाहेका छन।नेता भन्दा पनि साथि-सारथिको रुपमा देख्न चाहेका छन।आज तपाईलाई जिताउने जनताले भोलि हराईदिन सक्छन्।प्रजातन्त्रले जनतालाई दिएको स्वतन्त्रता र सुबिधा यहि हो।निर्वाचन र पद आवधिक हुन्छ र कर्म अमर।

कुनै एक महान बिद्वानले भनेका छन,“या यस्तो पुस्तक लेख जो सयौ साल सम्म पढियोस, या यस्तो कर्म गर जो सय पुस्तकमा छापियोस।”
राष्ट्र राजनितीमा छोटो बाटोबाट आउन सफल हुनुभएको छ।यसले तपाईमा उन्माद नल्याओस।बलकि तपाईलाई संयमित बनाओस, र अझ बढि जिम्मेवार बनाओस।

आफुले प्राप्त गरेको सुनौलो अवसरमा सुनौला काम गरेर जनताको मन जित्नुस, ताकि अर्को पटक दीवंगत रबिन्द्र जि को तस्बिर र आशुको शाहारा लिन आवश्यक नै नपरोस।

अन्ततस् चुनावि दौरानमा तपाईलाई बारबार ट्विटरमा र फेसबुकमामा प्रत्यक्ष ईंगित गरेको थिए।मेरो कुनैपनि शब्दमा अपमान बोध गर्नुभएको भए क्षमा चाहान्छु।
अबबाट राष्ट्रीय राजनीतिमा तपाईको योगदान उल्लेखनीय होस।जनता र जनभावनालाई शिरमा राखेर काम गर्ने क्षमता र उर्जा मिलोस।

एउटा बिपक्षि दलको कार्यकर्ताको तर्फबाट तपाईलाई फेरी पनि बधाई तथा सफल कार्यकालको शुभकामना।
तपाईले अंगिकार गर्नुभएको बाटो र सिद्धान्तलाई जय भन्न सक्दिन तर तपाईको जय होस।उनी गौरादह, झापाका हुन् ।



प्रतिक्रिया दिनुहोस्