Logo

‘विस्फोटको जानकारी मेरो यूनिटलाई थियो’



काठमाडौं, मंसिर १६ । रौतहटको राजपुर बमकाण्ड दबाउन सहयोगी भूमिकामा मुछिएका सशस्त्र प्रहरीका तत्कालीन एसपी रामकृष्ण लामाले आफूलाई लगाएको आरोप अस्वीकार गरेका छन्।

मंसिर ४ गते रौतहट प्रहरी कार्यालयमा उपस्थित भएका लामाले अनुसन्धान गर्ने जिम्मेवारी नेपाल प्रहरीको भएकाले घट्ना दबाउन आफ्नो सहयोग नरहेको बताएका हुन्।

राजपुर काण्डका मुख्य दोषी नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सांसद आफताब आलमका पूर्वसुरक्षा गार्डसमेत रहेका लामाले प्रहरी कार्यालय पुगेर आफूमाथि लागेको आरोपमा इन्कारी बयान दिएका हुन्।

रौतहट प्रहरी स्रोतका अनुसार उनले आफ्नो कुनै पनि भूमिका नभएको तर बम पड्केको जानकारी आफ्नो युनिटले गराएको बताएका छन्। ‘मैले बम पड्केको र त्यहाँ मान्छे मरेको भन्ने जानकारी पाएर तत्कालीन प्रमुख जिल्ला अधिकारी दुर्गा भण्डारीलाई खबर गरेको थिएँ, उहाँले नेपाल प्रहरीले अनुसन्धान गर्दै छ भनेपछि मैले त्यसलाई खास ध्यान दिइनँ,’ लामाको बयान उद्धृत गर्दै रौतहट प्रहरी स्रोतले बताएको नागरिक दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्