Logo

एम्बुलेन्स दुर्घटना: आशै–आशमा लास



उदयपुर, मंसिर १६ । सुनसरीको कोशी गाउँपालिका ७ हरिपुर चोकमा आइतबार बिहानका राति १२ एम्बुलेन्स दुर्घटना हुँदा चालकसहित ७ जनाको मृत्यु भएको छ।

पूर्वपश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को १ च ९३६४ नम्बरको एम्बुलेन्स र विपरितदिशाबाट आउँदै गरेको ना २ ख ९०८२ नम्बरको ट्रकसँग ठोक्किदा एम्बुलेन्सका चालकसहित ७ जनाको मृत्यु भएको हो।

दुर्घटनमा त्रियुगा नगरपालिका १० की ८५ वर्षीया शिवमाया राई, कान्छो छोरा ५० वर्षीय तुलबहादुर, जेठो नाती ३४ वर्षीय दुर्गाधन, कान्छो नाती २८ वर्षीय टेकेन्द्र राई, जेठो ज्वाईं ५५ वर्षीय उद्धव राई, शिवमायाको दिदीको छोरा ३२ वर्षीय दिनेश राई र एम्बुलेन्स चालक त्रिनपा ९ का २८ वर्षीय राजेश दनुवारको घटनास्थलमा नै मृत्यु भएको हो।

८५ वर्षीया वृद्धा। त्यो पनि प्रेसरले हानेर ढलेका बिरामी उपचारपछि सहजरुपले घर फर्कि्न्छिन् भन्ने परिवारको कमै आशा थियो। अझ भ्यान्टिलेटरमा राखेर फर्काएको बिरामी १ तर पनि सास हुँदै घरका जेष्ठ सदस्य शिवमाया राईको अनुहार हेर्न पाइन्छ भन्ने परिवारलाई ठूलो आशा थियो।

शिव मायाको त अनुहार सास हुँदै परिवारले हेर्न पाएन, हजुर आमालाई सञ्चो पारेर ल्याउँछु भनेर घरबाट बिदा भएर गएका अन्य ५ जनासमेत जीवित फर्किएनन् । हजुरआमासँगै परिवारका सात सदस्यलाई गुमाएपछि उदयपुरको त्रियुगा नगरपालिका १० बोक्से टोल नै शोकमा डुबेको अन्नपूर्ण पोस्ट दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्