Logo

जागिर खुल्यो, त्रिविमा ७५० पदमा विज्ञापन



काठमाडौं, १६ मंसिर । त्रिभुवन विश्वविद्यालय सेवा आयोगले ७५० कर्मचारीको माग गरेको जनाएको छ। विभिन्न सेवा र समूहका लागि खुल्ला तथा बढुवा प्रतिस्पर्धा गरेर ती कर्मचारी पूर्ति गर्न लागिएको सेवा आयोगले जनाएको हो।

आयोगले प्रतिस्पर्धाका लागि आवेदन दिन चाहनेलाई अनलाइनबाट फाराम भर्ने व्यवस्था मिलाएको छ । त्रिविले यति ठूलो संख्यामा कर्मचारी माग गरेको यो पहिलो हो। त्रिविमा अहिले सात हजार भन्दा बढी कर्मचारीले रोजगार प्राप्त गरिरहेका छन् ।



प्रतिक्रिया दिनुहोस्