Logo

‘सागमा बेवास्ता भयोे’



काठमाडौं, मसिर १६ (नागरिक) आइतबारदेखि सुरु भएको १३ औं दक्षिण एसियाली खेलकुद ९साग०लाई व्यवस्थित बनाउन ६ वर्षअघि एउटा योजना बन्यो। योजना बनाउनुको कारण थियो– खेलाडीलाई लामो समय अभ्यास गराउने, दशरथ रंगशालाको पूर्वाधार सुधार्ने, नयाँ स्टेडियमको सम्भाव्यता खोज्ने, वरिपरि नयाँ लाइट जडान गर्नेलगायत। तर, योजना अनुसार यसपटकको साग आयोजना भएन। करिब दुई महिनाको तयारीपछि मात्रै साग आयोजना गरियो।

६ वर्ष अघिदेखि नै योजना बनाएर पनि किन यति ढिलो आयोजना गरियो त साग ?
सायद, यसबारे धेरैलाई जानकारी नै छैन होला। तल्कालीन समयको सन्दर्भ र योजनाबारे जानकारी दिँदै पूर्वखेलाडी तथा यसअघि आयोजना गरिएका दुईवटा साग समारोह समितिका अध्यक्ष विष्णुगोपाल श्रेष्ठ भन्छन्, ‘त्यतिखेर ओलम्पिक कमिटीको अध्यक्ष धु्रवबहादुर प्रधान हुनुहुन्थ्यो। हामीले छलफल गरेर एउटा कमिटी बनायौं, पूर्वाधार कसरी बनाउने, कति खर्च लाग्छ ? यी सबै विषयमा अध्ययन गर्न समिति गठन गरियो। तर, सरकार परिवर्तन भएपछि हामीले अघि सारेका योजनालाई बेवास्ता गरियो।’

उक्त समितिका अध्यक्षमा श्रेष्ठ थिए। समितिमा पूर्वाधारविद्, पूर्व खेलाडी, इन्जिनियर र सरोकारवाला निकायका व्यक्ति समेटिएको थियो। समितिले चार–पाँच महिला लगाएर अध्ययन पुस्तक तयार पा(यो। समितिले साग खेलको विविध योजना समेटिएको पुस्तक तत्कालीन अर्थमन्त्री पुनलाई हस्तान्तरण ग(यो। तर, सरकार परिवर्तन भएपछि समितिले बुझाएको अध्ययन पुस्तिका ओझेलमा पारियो। नयाँ सरकार आएर पुरानो योजना अनुसार काम गरेन। त्यसपछि समिति पछि हटेको थियो।

‘आइतबारदेखि आयोजना गरिएको खेल, केही दिन अघिको योजना मात्रै होइन, यो ६ वर्ष अगाडिदेखि आयोजना गरिएको थियो,’ उनले भने, ‘तर, त्यो योजना नाम मात्रैको भयो, अहिले हतारमा खेल आयोजना गरिएको छ, यद्यपि, हतारमै भए पनि नराम्रो भन्न मिल्दैन। तर, पहिले नै सुरु गर्नु पर्ने खेलको तयारी किन यति ढिलो सुरु गरियो भन्ने प्रश्न छ।’ उनले यो प्रश्नको जवाफ अहिलेको आयोजक र खेलकुद मन्त्रालयले दिनुपर्ने बताएको आजको नागरिक दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्