Logo

आली र प्रचण्ड बीच अस्पतालमा भयो यस्तो सहमती



काठमाडौं, १६ मंसिर । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्ड बिहान साढे ११ बजे महाराजगञ्ज अस्पताल पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका छन् । भेटमा दुवै नेताबीच ओलीको स्वास्थ्य अवस्था, सरकार र पार्टी संचालनबारे छलफल भएको बुझिएको छ ।

ओलीको एपेन्डिसाइटिसको शल्यक्रिया गर्दाको घाउ निको भएपछि केही तंग्रिएपछि प्रचण्ड भेटका लागि राति ढिलो पुगेका थिए । स्रोतका अनुसार दुवै नेताबीच उपनिर्वाचनको परिणामबारे समिक्षा भएको थियो । छ महिनाको योजना बनाएर देशव्यापी सक्रियता बढाउनेबारे छलफल भएको बुझिएको छ ।

दुवै नेताबीच साँढे ११ देखि साँढे १२ बजेसम्म कुराकानी भएको थियो । प्रचण्डले छिट्टै पार्टीको बैठक डाक्नेबारे समेत जानकारी गराएका थिए । उपनिर्वाचनपछिको राजनीतिक परिस्थितिबारे समिक्षा गर्न बैठक बस्ने सहमति समेत बनेको छ ।

प्रचण्डसँग ओलीले स्वास्थ्य अवस्थाबारे पनि कुराकानी गरेका थिए । ओलीले आफू ठिक भइसकेको र छिट्टै काममा फर्कने बताएका थिए । उनले आइतबार साँझ दशरथ रङ्गशालामा भएको साग खेलकुदको प्रत्यक्ष प्रसारण पनि हेरेका थिए ।

स्रोतका अनुसार ओलीले चिकित्सकको सल्लाह अनुसार मृगौला प्रत्यारोपण गर्नेबारे पनि अगाडि बढ्नसक्ने जानकारी गराएका थिए । प्रचण्डले केही सुझावहरु दिएको बुझिएको छ । प्रचण्डले ओलीलाई स्वास्थ्यमा ध्यान दिन भन्दै पार्टीलाई बलियो बनाएर लैजान आफू कटिवद्ध भएर लागेको बताएका थिए । File Photo



प्रतिक्रिया दिनुहोस्