Logo

हङकङमा फेरी प्रर्दशन



काठमाडौँ, १६ मंसिर । हङकङको प्रो डेमोक्रेटिकु आन्दोलनका प्रदर्शनकारीले अमेरिकाको पक्षमा नारावाजी गरेका छन् ।

अमेरिकी राष्ट्रिय झण्डा बोक्दै केहीले धन्यवाद ट्रम्पु भन्दै नारा लगाए । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले गत साता मात्रै हङकङ आन्दोलनको विधेयकमा हस्ताक्षर गरेका थिए । ट्रम्पको सोही कदमप्रति आफूहरु कृतज्ञ रहेको भन्दै उनीहरुले अमेरिकाको पक्षमा नारा लगाएको बताएका छन् ।

प्रदर्शनको क्रममा लागेको नारामा भनिएको थियो, धन्यवाद ट्रम्प, हङकङलाई तिमिले ठूलो उपहार दिएकोमा । र भगवानले अमेरिकालाई आर्शिवाद दिउन् । डोनल्ड ट्रम्पको तस्बिर तथा अमेरिकी झण्डा बोकेका प्रदर्शनकारीहरुले अमेरिकाले आफूहरुलाई स्वतन्त्र बनाएको बताएका छन् । हङकङको पक्षमा अमेरिकाले दिएको अभिव्यक्ति र चालेको कदमप्रति बेइजिङले भने आपत्ति जनाएको छ ।
कान्तिपुर दैनिकबाट



प्रतिक्रिया दिनुहोस्