Logo

नेपालको दोहोरो जित



काठमाडौं, १६ मंसिर । १३ औं सागअन्तर्गत खोखोमा नेपालले दोहोरो जित हात पारेको छ। आइतबारबाट सुरु भएको प्रतियोगिताको पहिलो दिन नेपालको पुरुष तथा महिला दुवै टोलीले विजयी सुरुआत गरेको हो।

कीर्तिपुरको नयाँबजारमा नवनिर्मित कभर्डहलमा भएको पुरुषको प्रतिस्पर्धामा नेपालले बंगलादेशलाई २१–१९ ले पराजित गर्यो‍। यसैगरी महिलातर्फको प्रतिस्पर्धामा नेपालले बंगलादेशलाई नै ११–९ ले हरायो। प्रतियोगितामा भारतले पनि दोहोरो जितका साथ यात्रा प्रारम्भ गरेको छ। पुरुष, महिला दुवैमा भारतले श्रीलंकालाई पाखा लगायो। पुरुषमा भारत २१–८ तथा महिलामा ३२–४ ले विजयी भयो।

पुरुषरमहिला दुवैमा समान ४–४ राष्ट्र सहभागी छन्। चारै टोलीले राउन्ड रोविन लिगका आधारमा प्रतिस्पर्धा गर्नेछन्। राउन्ड रोविनमा पहिलो र तेस्रो तथा दोस्रो र चौथो स्थानमा रहने टोलीले सेमिफाइनमा प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगिताअन्तर्गत सोमबार दुई महिला र दुई पुरुष गरी चार खेल हुनेछ।प्रतियोगिताको फाइनल भने डिसेम्बर ४ मा हुनेछ।
अन्नपूर्ण पोष्ट्बाट



प्रतिक्रिया दिनुहोस्