Logo

२० लाखको सडकले १० करोडको क्षति



बझाङ, मंसिर १६ । तीन तहका सरकारले कार्यकर्तामुखी बजेट बनाएर विकासका नाममा जथाभावी डोजर लगाउँदा जयपृथ्वी राजमार्ग सडक कटानको जोखिममा परेको छ। सडक कटानको माटोले राजमार्गमा पहिरो लाग्न थालेपछि जिल्लाको एक मात्र यो राजमार्ग संकटमा परेको हो। पहिरोका कारण राजमार्गमा सवारीसाधन दुर्घटनाको जोखिम पनि बढेको छ।

विकासका नममा कार्यकर्तालाई पैसा कमाउ भन्ने नीति देखिएको छ। २० लाखको सडक कटानले जयपृथ्वी राजमार्गमा माथिबाट पहिरो आएर १० करोडभन्दा बढीको क्षति एकै ठाउँमा देखिएको छ। सडकभरि खाल्डाखुल्डी र ढुग्गा जम्मा भएर पिच गरेको सडक सुक्खा पहिरोमा परिणत हुँदा दैनिक पहिरो हटाउँदै सवारीसाधन गुडाउनुपर्ने भएकाले दुर्घटनाको त्रास बढेको यातायात व्यवसायी डम्बर पन्थको भनाइ छ।

उनले भने, ‘जयपृथ्वी राजमार्गमा मनोमानि सडक कटान भइरहेको छ। सडक काट्ने ठाउँमा निरन्तर माटो खसिरहेको छ। नेताको निर्देशनमा डोजर चालकले सडक निर्माण गरिरहेको छ।’ गाउँपालिका र नगरपालिकामा डोजर आतंक रोक्नुपर्ने उनको भनाइ छ। एक करोडभन्दा मुनिका योजनामा डोजर प्रयोग गर्न नपाउने नीति भए पनि यसविपरित डोजर प्रयोग गरिएको उनको गुनासो छ।आजको नागरिक दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्