Logo

विद्या र विमलाको ‘विरासतको राजनीति’



काठमाडौं, १६ मंसिर । कास्की-२ मा निर्वाचित विद्या भट्टराई पूर्वमन्त्री रवीन्द्र अधिकारीकी पत्नी हुन् । उनको गत वर्ष हेलिकोप्टर दुर्घटनामा निधन भएपछि खाली सिटमा नेकपाले विद्यालाई उम्मेदवार बनायो ।

दाङ ३ (ख) मा विजयी विमलाकुमारी खत्री वली पूर्व प्रदेशसभा सांसद उत्तरकुमार वलीकी पत्नी हुन् । वलीको सडक दुर्घटनामा निधन भएपछि विमलालाई नेकपाले त्यस क्षेत्रमा टिकट दियो ।

पतिको निधन भएपछि राजनीतिमा निष्कृय रहेका दुवैको राजनीतिमा पुनः इन्ट्रि भयो र चुनाव पनि जिते । दुवैको जितमा सहानुभूतीले पनि भूमिका खेल्यो । दुवै उम्मेदवारहरुले चुनावी सभामा पतिको नाम बारम्बार लिइरहेका थिए ।

विरासतको राजनीतिबाट नेकपा र नेपाली काँग्रेसको राजनीतिमा आउने धेरै महिला भइसकेका छन् । विद्या भण्डारी मदन भण्डारीको निधनपछि राजनीतिमा आएकी हुन् । उनी राष्ट्रपति बनिन् ।

धेरैले विद्या भट्टराईलाई पनि राजनीतिक उचाई हासिल गर्न सक्ने महिलाका रुपमा लिएका छन् । विगतमा अखिलको राजनीति गरेकी विद्यामा भाषण कला पनि छ । उनले विरासतको राजनीतिलाई ब्रान्डमा परिवर्तन गर्ने सम्भावना पनि छ ।



प्रतिक्रिया दिनुहोस्