Logo

गढीमाई मेलामा बली निरुसाहित गरिदै (फोटोफिचर)



बारा, १६ मंसिर । गढीमाईमा प्रत्येक वर्ष हजारौं पशु बली दिइन्छ । यस वर्ष पनि हजारौं पशुलाई बली दिन ल्याइएको छ । तर, पशु सेवा संघ पशु बली निरुत्साहित गर्न पुगेको छ ।

पशुबलीको साटो कुभिण्डो, नरिवल लगायतको बली दिने अभियानमा पशु कल्याण संघकी अध्यक्ष स्नेहा श्रेष्ठको नेतृत्वमा पशु अधिकारवादीहरु गढीमाईमै पुगेका छन् । उनीहरुले ल्याइएका पशुको हेरचाह र स्वास्थ्य जाँचमा समय बिताइरहेका छन् । पशुलाई पर्याप्त आहार खुवाउने र हेरचाह गर्न खटिइरहेका छन् ।

पशु सेवा संघकी अध्यक्ष स्नेहा श्रेष्ठले पशुको रक्षा गर्नु सबैको दायित्व भएकाले बलीमा विकल्पका लागि सचेतना कार्यक्रम भइरहेको बताइन् । ह्युमन सोसाइटी इन्टरनेशनलसँगको सहकार्यमा संघले पशुबली निरुत्साहिनका लागि सालिनतापूर्वक जनचेतना जगाइरहेको छ । त्यसका लागि स्थानीय बासिन्दा देखि सम्बन्धित निकायसँग पनि छलफल र अन्र्तक्रिया गरिरहेको छ ।

अभियानको जनचेतनामूलक कार्यक्रमका कारण यस वर्ष देखि गढीमाईमा परेवा बली बन्देज पारिएको छ । सचेतना कार्यक्रमको प्रभावले मेलामा यस वर्ष बली निरुत्साहित हुने देखिएको छ । कार्यक्रममा स्थानीय निकायका प्रतिनिधि, महिला समूह, क्लब, नेपाल सरकारका कर्मचारी, भेटेनरी एशोशिएसनका पदाधिकारी देखि पशु अधिकारवादीहरु सक्रिय छन् ।

पशु कल्याण संघकी अध्यक्ष स्नेहा श्रेष्ठ अभियानले सबैमा सचेतना जगाएर पशुप्रति प्रेमभाव जगाएको बताइन् । विरामी जनावरहरुको चेकजाँच गरी फिर्ता पठाउने, नरिवल, फलफूलको बली दिन भक्तजनहरुसँग अनुरोध गरिएको जानकारी दिइन् ।



प्रतिक्रिया दिनुहोस्