Logo

नेपाललाई सागमा पहिलो स्वर्ण जिताउने मन्डेकाजी श्रेष्ठ



काठमाडौं, १६ मंसिर । नेपाललाई १३ औं दक्षिण एशियाली खेलकुद (साग) मा स्वर्ण जिताउने मन्डेकाजी श्रेष्ठ नेपाल प्रहरीका जागिरे हुन् । महेन्द्र पुलिस क्लबबाट खेल्ने ३४ वर्षीय मन्डेले आठौं राष्ट्रिय खेलकुदमा स्वर्ण जितेर सागका लागि छनोट भएका थिए ।

राष्ट्रिय खेलमा विगतमा उनी स्पेरिङमा पनि भिडेका थिए । उनले विभिन्न विधामा स्वर्ण जितेर किर्तिमान समेत कायम गरेका छन् । उमेरका कारण उनी काँतातर्फ नै केन्द्रित भए ।

सागमा श्रेष्ठले २५.७२ अंक हासिल गर्दै पाकिस्तानी खेलाडी नियमा तुल्लालाई पराजित गरेर स्वर्ण जितेका हुन् । उनले पाकिस्तानी खेलाडी नियामा तुल्लालाई पराजित गर्दै श्रेष्ठले स्वर्ण जितेका थिए । Photo Source: reportersnepal



प्रतिक्रिया दिनुहोस्