Logo

प्रधानमन्त्री ओलीको मिर्गौलाको पूनः प्रत्यारोपण नेपालमै गरिने



काठमाडौं, १६ मंसिर । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्वमन्त्री पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था अत्यन्तै राम्रो भएको बताएका छन् ।

उनले आजमात्रै प्रधानमन्त्री ओलीसँग भेटवार्ता गरेका थिए । पत्रकार ऋषि धमलासँग कुरा गर्दै अध्यक्ष दाहालले भने,‘उहाँसँग आज लामै कुरा भयो । स्वास्थ्यमा व्यापक सुधार भएको छ । समयमै एपेन्डिसाईटिसको शल्यक्रिया भएर राम्रो भयो ।’

दाहालले प्रधानमन्त्री ओलीको मिर्गौलाको पूनः प्रत्यारोपण गरिने तयारी पनि भइरहेको जानकारी दिए । उनले भने,‘यसअघि उहाँको मिर्गौलाको प्रत्यारोण विदेशमा गर्ने कुरा थियो । तर, अब उहाँ नेपालमै प्रत्यारोपण गर्ने निश्कर्षमा पुग्नुभएको छ । उहाँले एक हप्ताभित्रै सबै निर्णय गर्नुहुन्छ ।’

आली र प्रचण्ड बीच अस्पतालमा भयो यस्तो सहमती



प्रतिक्रिया दिनुहोस्