Logo

पुरुषतर्फको ट्रायथ्लनमा नेपाललाई कास्य पदक



काठमाण्डौँ १६ मंसिर । १३ औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तरगत ट्रायथ्लनको पुरुष तर्फ नेपालले कास्य पदक हात पार्न सफल भएका छन् ।

प्रतियोगितामा भारतले स्वर्ण र रजत दुवै पदक जितेको हो । पुरुष तर्फको ट्रायथ्लनमा नेपालका लागि नितेश मानन्धरले कास्य जितेका हुन् । भारतका आर्दशमान सिनामोलले स्वर्ण र विश्वजीत सकिमले रजत पदक जितेका हुन् । ट्रायथ्लनमा साइक्लिङ, स्वीमिङ र म्याराथन खेल हुन्छन् ।



प्रतिक्रिया दिनुहोस्