Logo

तेक्वान्दोमा सीनाले दिलाइन् स्वर्ण



काठमाण्डौँ १६ मंसिर । १३ औँ एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तरगत तेक्वान्दोमा नेपालकी सीना लिम्बू मादेनले स्वर्ण पदक जितेकी छिन् । सीनाले पुम्सेतर्फको १७ वर्ष देखि २३ वर्षमूनिको व्यक्तिगत स्पर्धामा स्वर्ण पदक जित्न सफल भएकी हुन् ।

प्रतियोगितामा श्रीलंकाकी खेलाडीले रजत र बांगलादेशी खेलाडीले कास्य पदक हात परेका हुन् । यसअघि तेक्वाँदोको पुरुषतर्फ गोविन्दबहादुर आले र कमल श्रेष्ठले स्वर्ण पदक दिलाएका हुन् ।



प्रतिक्रिया दिनुहोस्