Logo

एकै दिन दुई स्वर्ण जितेर मन्डाकाजी बने नायक



काठमाडौं, १६ मंसिर । मन्डाकाजी श्रेष्ठ, ३४ । नेपाल प्रहरीका उनी कराँतेका भेट्रान खेलाडी हुन् । राष्ट्रिय स्टरमा उत्कृष्ट प्रदर्शन गर्दै आएका उनकै मन्डाकाजीले १३ औं दक्षिण एशियाली खेलकुद (साग) मा सनसनीपूर्ण प्रदर्शन गरे ।

सागको दोस्रो दिन नेपालले छ स्वर्ण जितिसक्दा उनको नाममा दुई स्वर्ण रह्यो । कराँतेको व्यक्तिगत कातामा देशलाई पहिलो स्वर्ण दिलाएका उनले दुई घन्टामै अर्को स्वर्ण दिलाए । अर्को स्वर्ण टिम कातामा थियो ।

नेपालको खेल इतिहासमा मन्डाकाजीले स्वर्णिम अक्षरले नाम लेखाए । उनी सागमा दुईवटा स्वर्ण जित्ने थोरै खेलाडीमा परे ।
महेन्द्र पुलिस क्लबबाट खेल्ने ३४ वर्षीय मन्डाकाजीले आठौं राष्ट्रिय खेलकुदमा स्वर्ण जितेर सागका लागि छनोट भएका थिए ।

राष्ट्रिय खेलमा विगतमा उनी स्पेरिङमा पनि भिडेका थिए । उनले विभिन्न विधामा स्वर्ण जितेर किर्तिमान समेत कायम गरेका छन् । उमेरका कारण उनी कातातर्फ नै केन्द्रित भए । Photo Source: reportersnepal



प्रतिक्रिया दिनुहोस्