Logo

तेक्वान्दोको पुम्सेमा पार्वती गुरुङलाई स्वर्ण



काठमाडौं, १६ मंसिर । नेपालले तेक्वान्दोको पुम्सेमा अर्को स्वर्ण थपेको छ । पार्वती गुरुङले २३ देखि २९ वर्ष उमेर समूहमा सर्वाधिक अंक प्राप्त गर्दै स्वर्ण जितेकी हुन् ।
पुम्सेमा पार्वतीले ८.२४० अंक प्राप्त गरिन् । रजत पदक श्रीलंकाकी खेलाडीले ८.१६० अंक ल्याई रजत पदक जित्न सफल भइन् ।



प्रतिक्रिया दिनुहोस्