Logo

भारतीय जलसेनामा पहिलो महिला पाइलट



कोची, १६ मङ्सिर । भारतीय जलसेनाको उपसेनानी पदमा कार्यरत महिला शिभाङ्गी भारतीय जलसेनामा पहिलो पाइलट बनेकी छिन् । शिभाङ्गीको जन्म भारतको बिहार राज्यको मुजफरपुर नगरमा भएको थियो । उनी गत वर्ष भारतीय जलसेनामा भर्ना भएकी थिइन ।

शिभाङ्गीले सोमबार बिहानदेखि कोचीस्थित जलसैन्य अखडाबाट हवाई उडान शुरु गरेर नयाँ जिम्मेवारी प्राप्त गरेकी छिन् । उनले भारतीय जलसेनाको डोर्नियर सर्भेलान्स (निरीक्षण) हवाई जहाज उडाउनु भएको छ ।



प्रतिक्रिया दिनुहोस्