Logo

विप्लवले कराँतेमा दिलाए स्वर्ण



काठमाडौं, १६ मंसिर । कराँतेको ८४ केजी तौल माथिको स्पर्धामा नेपालका विप्लव लाल श्रेष्ठले स्वर्ण पदक दिलाएका छन् । आज भएको साग खेलको कराँतेको निकै प्रतिष्पर्धात्मक खेलमा विप्लवले पाकिस्तानका मोहम्मद वाजलाई ६५ को अंकले पराजित गरेका हुन् ।

विप्लवले चारवटा प्रहारमा दुई प्रहारमा दुई दुई अंक हासिल गरेका थिए । मोहम्मदले पाँचवटा प्रहारमध्ये सबैमा एक एक अंक प्राप्त गरे ।

कराँतेमा स्वर्ण थपेसँगै नेपालको स्वर्ण संख्या १० पुगेको छ । नेपालले मार्सल आर्टमा उत्कृष्ट प्रदर्शन गर्दै पदक तालिकामा अगाडि पुर्याएको छ । Photo: reportersnepal



प्रतिक्रिया दिनुहोस्