Logo

कुसुम खड्कालाई तेक्वान्दोमा स्वर्ण



काठमाडौं, १६ मंसिर । नेपालकी कुसुम खड्काले कराँतेमा स्वर्ण पदक जितेकी छिन् । साग खेलको महिला कराँते अन्तर्गतको ४५ केजी तौल समूहको स्पर्धामा बँगलादेशकी खेलाडी मुन्जेरा वर्नालाई पराजित गर्दै खड्का विजयी भएकी हुन् ।

खेलमा हावी भएकी खड्काले पहिलो प्रहारमै अंक प्राप्त गरेकी थिइन् । दुवै खेलाडीले खेलमा रक्षात्मक रणनीति अपनाएर खेलेका थिए । खेलको अन्ततिर नेपाली खेलाडीले अंक प्राप्त गरी जित पक्का गरिन् । उनले ३२ को स्कारेमा जित हासिल गरेकी हुन् । Photo: reportersnepal



प्रतिक्रिया दिनुहोस्