Logo

‘कसैले तोड्न नसक्ने अन्जलीको विश्वकिर्तिमान’



पोखरा १६ मंसिर । १३ औँ दक्षिण एसियाली खेलकुद (साग) अन्र्तगत क्रिकेटमा नेपाली महिला टोलीले माल्दिभ्समाथि पाँच बलमै जित हासिल गर्दा नेपाली खेलाडी अन्जली चन्दले विश्वकिर्तिमान कायम गरेकी छिन् । पोखरा रङ्गशालामा भएको खेलमा नेपालले माल्दिभ्सलाई दस विकेटले हराउँदा माल्दिभ्सलाई १०.२ आभरमा १६ रनमा अलआउट गरेको थियो । माल्दिभ्सको रन संख्या टी २० अन्तराष्ट्रिय महिला क्रिकेटमा छैँठो कम स्कोर हो ।

टी २० अन्तराष्ट्रिय महिला क्रिकेटमा पहिलो खेल खेलिरहेकी अन्जली चन्दले विश्व कीर्तिमान कायम गर्दा २.१ ओभरमा एक रनपनि नदिई छ विकेट लिएकी थिइन् । प्लेयर अफ द म्याच घोषित भएकी उनको यो विश्व किर्तिमान हो । २.१ ओभरमा कुनै पनि रन नखर्चिई छ विकेट लिने उनी पहिलो क्रिकेट खेलाडी बनेकी छिन् ।

यो बलिङ प्रर्दशन टी २० अन्तराष्ट्रिय महिला क्रिकेटमा सबैभन्दा उत्कृष्ट बलिङ प्रर्दशन हो । उनले दोस्रो आभरको अन्तिम दुई बल र तेस्रो ओभरको पहिलो बलमा विकेट लिएर ह्याट्रिक पनि पूरा गरिन् । यसअघि उत्कृष्ट प्रर्दशन मलेशियाकी मास इलिसाको नाममा थियो । मासले चीन बिरुद्ध उनले तीन रन दिएर छ विकेट हासिल गरेकी थिइन् । चन्दले बनाएको रेकर्डलाई तोड्न गाह्रो हुनेछ । चन्दको उत्कृष्ट प्रर्दशनका कारण विश्वभर चर्चा बटुलेकी छिन् ।

भारतीय मिडियाले अन्जली चन्दले बनाएको किर्तिमानलाई प्राथमिकताका साथ प्रसारण गरे । बेलायत र अन्य देशका मिडियाले पनि यो रेकर्ड अब कसैलाई तोड्न सम्भव नहुने भनी उल्लेख गरेका छन् । एनडीटीभीले अन्जलीको रेकर्ड तोड्न अब दुनियाँमा कसैका लागि असम्भव हुने विश्लेषण गरेको छ ।



प्रतिक्रिया दिनुहोस्