Logo

तेक्वान्दोको पेयर पुम्सेमा संजिव र आयशालाई स्वर्ण



काठमाण्डौँ १६ मंसिर । १३ औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तरगत २९ वर्षमाथिको तेक्वान्दो अन्तरगत पेयर पुम्सेमा नेपालले स्वर्ण हात पारेको छ ।

नेपालले पाकिस्तानी खिलाडीको जोडीलाई पराजीत गर्दौ स्वर्ण जितेको हो । नेपाली खेलाडी संजीव कुमार ओझा र आयशा शाक्यले ८. १६ अंक प्राप्त गरी स्वर्ण जीतेका हुन् । रजत पदक विजेता पाकिस्तानी खेलाडी हरुन र शाबाजले ७.८३ अंक पार्न सफल भएका थिए । बंगलादेशले कास्य पदक हात पार्न सफल भएका हुन् ।



प्रतिक्रिया दिनुहोस्