Logo

नकआउट गर्दै अनुले दिलाइन् स्वर्ण



काठमाडौं, १६ मंसिर । नेपाली खेलाडी अनु अधिकारीले कराँतेतर्फ स्वर्ण जितेकी छिन् । १३ औं साग अन्र्तगत अनुले फाइनलमा श्रीलंकाकी डन पावालु बाडाल्गेलाई टेक्निकल नकआउट गरेकी हुन् ।

खेलमा एकपक्ष रुपमा हावी भएकी अनुले ५० केजी कुमुतेतर्फको स्पर्धामा प्रभाव देखाइन् । उनी खेलमा निकै फूर्तिली र जोसिली देखिइन् । खेल जितेपछि पनि उनले खुशियाली सानदार तरिकाले मनाइन् । Photo: reportersnepal



प्रतिक्रिया दिनुहोस्