Logo

साथीको विवाहमा कसरी बन्ने ह्यान्डसम



हामी साथीको रमाइलो कार्यक्रममा जान लागेका छौ भने अरुभन्दा सुन्दर कसरी हुने भन्नेमा ध्यान दिनु आवश्यक छ । सबैलाई सुन्दर हुन मन लाग्छ । यसको बारेमा नयाँ जानकारी लिई राख्नुपर्छ । आधुनिक फेशनले अरुभन्दा फरक देखाउनमा सहयोग गर्छ । हामी यहाँ विवाहको सिजनमा कस्तो सपिङ गर्ने त यसको चर्चा गर्छौं ।

निलो जिन्स

यो रङको जिन्स धेरै टीशर्टमा राम्रो देखिन्छ । पार्टीमा यो स्टाइलको साथमा लगाउन सकिन्छ । यसका साथ ब्लेजर वा ज्याकेट पनि लगाउँदा राम्रो देखिन्छ । साथ साथै घडीले आफ्नो व्यक्तित्व पनि झल्काउँछ ।

छालाको ज्याकेट

छालाको ज्याकेट कोही युवासंग छैन भने स्टाइलको कमी हुन सक्छ है । यसको छनोट कालो रङ र हलुका ब्राउन रङको गर्नुपर्छ । तपाँइको टिशर्ट सामान्य भएपनि निकै सुन्दर देखिन्छ । यसको साथमा मफलर वा टोपी लगाउँदा अझै राम्रो देखिन्छ ।

पोलो शर्ट

पोलो शर्टमा प्राय केटाहरु धेरै स्र्माट देखिन्छन् । आधा स्लीब्सको स्पोर्टी आर्कषण देखाउनु यस टीशर्टको विषेशता नै हो । यस टीशटमा केटाहरुलाई निकै स्मार्ट देखिन्छ । निलो र कालो रंङको पोलो टीशर्टमा खुव सुन्दर देखिन्छ । विवाहको दिन अरु सम्झना नआएपनि पोलो टीर्शटको साथमा जीन्सको साथ लगाउँन सिकन्छ र यसले झन सुन्दर देखाउँछ ।

सेतो शर्ट

हरेक पुरुषलाई सेतो रङको शट राम्रो देखिन्छ । एउटा सेतो शर्ट सबैले दराजमा राख्नुपर्दछ । सेतो रङको गोलो घाटी टी शटले पनि अझ राम्रो देखाउँनमा सहयोग गर्दछ । अझै सामान्य र स्टाइलीस्ट देखाउँन चाहानुहुन्छ भने साथमा ब्लेजर लगाउँन सक्नुहुन्छ । यो मौसममा युवाहरुले सेतोको साथै कालो रङको पनि निकै खोजि गरिरहेका हुन्छन् ।

सुट

विवाहमा जानको लागी सुट सबेभन्दा राम्रो विकल्प हो । सुटमा ट्रेडी देखिन चाहानुहुन्छ भने शटको सट्टामा प्रिन्टेड टी–शट र सामान्य जुत्ता को सट्टामा सेतो स्नीकर्स लगाएर हेर्न सक्नुहुन्छ । यसमा तपाई निकै स्टाइलिस्ट देखिनुहुन्छ । यद्यपी सुटको रङ भने आफ्नो छाला अनुसार गर्नुपर्छ । Photo Source : Ali Express



प्रतिक्रिया दिनुहोस्