Logo

सानदार देखिन सल लगाउने तरिका



चीसो मौसममा स्टाइलिस्ट देखिनको लागी सदाबहार सलको सहयोग लिनुपर्छ । पुरानो तरिकाले ओढ्नुको साटो नयाँ तरिकाले ओढ्दा आफ्नो सान नै छुट्टै देखिन्छ ।
सल ओढ्ने तरिका

कल्चर लुक

यो स्टाइल सारी, सुटमा खुब राम्रो देखिन्छ । अझै पश्मिना शलमा विषेश राम्रो दखिन्छ । आफ्नो साडीमा शल राख्ने हो भने कुहिनो बाट कुहिनो सम्म लगाउँनुहोस । यदि काधको आधा भाग ओढ्न चाहाने हो भने शलको दुबै छेउ छोडीदिनु । सुटमा दोपट्टाको सट्टामा शलको प्रयोग गर्न सकिन्छ ।

बोल्ड लुक
यो लुकलाई शलको ठाँउमा पश्मिना प्रयोग गर्न सकिन्छ । आजभोली यसको धेरै चलन आएको पनि छ यो हल्का हुनाको साथै तातो पनि हुन्छ । साडीमा स्कार्फ जसरी गलाँमा बेरेर टाउँको अगाडी राख्न सकिन्छ । जागिरे महिलाले शिफन जस्तो हल्का साडी लगाएर नयाँ स्टाइल पनि दिन सकिन्छ । नयाँ प्रयोगको लागी जीन्सको साथमा पनि गर्न सकिन्छ ।

टोपी स्टाइल

यो स्टाइल साडी, सुट, जीन्स र अन्य ड्रेसमा पनि लगाउँन सकिन्छ । यस स्टाइलमा काधमा शल राखेर अगाडी फुर्का झार्ने र कम्मरमा पेटी लगाउन सकिन्छ । कालो र सेतो भेलभेट शलको साथमा सुनौलो रङको पेटी निकै राम्रो देखिन्छ । यो स्टाइल पश्मिना र कश्मीरी शलमा खुब राम्रो हुन्छ– ।

पन्चु स्टाइल

यसमा शल पन्चुको जस्तै गरि लगाउँन सकिन्छ । फरक यति होकी काधदेखि हातसम्म पिन लगाउनुपर्छ, ताकी शलको बाहीरी भाग छुट्टाउँन सकियोस् । यो स्टाइल केहि साल यता निकै राम्रोसंग चलिरहेको छ ।

कस्तो रङको तालमेल हुनुपर्छ शलमा

–विवाह, पार्टीमा यदि हल्का रङको साडी लगाउँने हो भने फुलेको रङको शल प्रयोग गर्न सकिन्छ ।

–यदि पीच रङको साडी छ भने गुलावी रङको शल लगाउँनुपर्छ ।

–यदि गहिरो रङको साडी छ भने हल्का पेस्टल रङको शल ओढ्नुपर्छ ।

–पेस्टल निलो रङको साडी छ भने उसको साथमा शाही निलो रङको शल ओढ्नुपर्छ ।



प्रतिक्रिया दिनुहोस्