Logo

प्रहरी प्रशासनमाथि खनिए देउवा, लगाए यस्तो गम्भिर आरोप



काठमाडौं, १६ मंसिर । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले प्रहरी प्रशासनले हालै सम्पन्न भएको उपनिर्वाचनमा निश्पक्ष भूमिका निर्वाह गर्न नसकेको आरोप लगाएका छन् । उनले निर्वाचनमा व्यापक धाँधली भएको आरोप लगाए ।

भीमबहादुर तामाङको ७औं स्मृतिसभामा बोल्दै सभापति देउवाले निर्वाचनमा भएको धाँधलीको आफ्नो पार्टीले छानबिन गर्ने बताए । उनले भने, “पोखरामा कांग्रेसले जित्ने ठाउँमा बम पढ्काएर षड्यन्त्र गरियो । प्रहरीको सरूवा गरियो । प्रहरी निष्पक्ष नहुँदाको बाबजुद पनि भक्तपुर धरान र चितवनमा जितेका छौं ।’

उनले उपनिर्वाचनमा कहाँ-कहाँ धाँधली भएको छ भन्‍ने विषयमा अध्ययन गरेर छानबिनका लागि दबाब दिनेसमेत बताए ।

तस्विर : मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्