Logo

दुई छोराकी आमा आयशालाई दुई स्वर्ण



काठमाडौं, १६ मंसिर । आयशा शाक्य, तेक्वान्दोमा परिचित नाम हो । अब उनको परिचयले अझ उचाई हासिल गरेको छ । साग खेलमा एकै दिन दुई स्वर्ण जितेर आयशाले इतिहास रचेकी छिन् ।

सागमा स्वर्ण जित्दा आयशा दुई छोराको आमा भइसकेकी छिन् । पूर्व राष्ट्रिय तेक्वान्दो खेलाडी दिपक बिष्टकी पत्नी आयशाले १३ औं सागको तेक्वान्दो स्पर्धामा २९ वर्ष उमेर माथिको पुम्सेमा पहिलो स्वर्ण जितिन् । लगत्तै जोडी पुम्सेको २९ वर्ष उमेर माथिको स्पर्धामा स्वर्ण जितिन् । उनको जोडी थिए सञ्जीवकुमार ओझा ।

आयशाले जितको खुशी पति र छोरासँग साटिन् । ११ औं सागकी स्वर्ण विजेता आयशा १२ औं मा रजत जित्न सफल भएकी थिइन् ।



प्रतिक्रिया दिनुहोस्