Logo

मार्सलआर्टमा नेपालको शानदार प्रदर्शन (स्वर्णविजेताको सूचिसहित)



काठमाडौं, १६ मंसिर । नेपालले मार्सलआर्टमा शानदार प्रदर्शन गरेको छ । पहिलो दिन कराँतेमा सात र तेक्वान्दोमा सात स्वर्ण जितेको छ ।
कराँतेमा दक्षिण एशियामा नेपाल प्रभावशाली रहेपनि केही समययता खस्किएको थियो । तेक्वान्दोमा पनि नेपाल दक्षिण एशियामा प्रभावशाली रहेपनि स्वर्णविहिन अवस्था समेत बनेको थियो ।

यसपटक पहिलो दिन नै नेपाली खेलाडीहरुले सानदार प्रदर्शन गरे । घरेलु दर्शकको साथ र बलियो आत्मबलका साथ भिडन्तमा उत्रिएका खेलाडीले एकपछि अर्को स्वर्णको वर्षा गरे ।

नेपाललाई पहिलो स्वर्ण कराँतेले दिलायो । मन्डेकाजी श्रेष्ठले कातातर्फ स्वर्ण दिलाए । उनले टिमतर्फ पनि स्वर्ण जिते ।
तेक्वान्दोमा भेट्रान खेलाडी आयशा शाक्यले दुई स्वर्ण जितिन् । उनले तेक्वान्दोको २९ वर्ष माथिको समूहमा पुम्सेतर्फ एकल र मिक्स पुम्सेमा स्वर्ण जितिन् ।

स्वर्ण जित्नेहरु

तेक्वान्दो
गोविन्द आले पुम्सेको ५८ केजी
कमल श्रेष्ठ पुरुष एकल
आयशा शाक्य २९ वर्षमाथिको पुम्से
आयशा शाक्य र सञ्जीवकुमार ओझा २९ वर्षमाथिको मिक्स पुप्से
पार्वती गुरुङले २३ देखि २९ वर्ष पुम्से
सीना मादेन लिम्बु १७ देखि २३ पुम्से

नीता गुरुङ, प्रशंसा क्षेत्री र सुशीला राई २३ वर्षमाथिको स्पर्धा
कराँते
मन्डेकाजी श्रेष्ठ पुरुष कँता
लक्ष्मण तामाङ ५४ केजी
निर्मला तामाङ, संगिता मगर र सरु काकी टिम काता
मन्डेकाजी श्रेष्ठ, महशुश तामाङ र प्रवीण महर्जन टिम काता
विप्लव लाल श्रेष्ठले स्वर्ण ८४ केजी तौल माथि
कुसुम खड्का ४५ केजी कुमुते
अनु अधिकारी ५० केजी कुमुते



प्रतिक्रिया दिनुहोस्