Logo

सागमा नेपालको सानदार प्रदर्शन (१५ स्वर्ण विजेताको सूचीसहित)



काठमाडौं, १६ मंसिर । नेपालले दक्षिण एशियाली खेलकुद सागको दोस्रो दिन १५ स्वर्ण पदक जितिसकेको छ । मार्सल आर्टमा नेपालले उत्कृष्ट प्रदर्शन गर्दै १४ स्वर्ण जित्दा ट्रायथलनमा एक स्वर्ण जितेको छ ।

कराँतेमा देशलाई पहिलो स्वर्ण दिलाएका मन्डेकाजीले टिमतर्फ पनि स्वर्ण दिलाउन भूमिका खेले । उनले काँतामा स्वर्ण दिलाएका हुन् । महिला टिम काँतामा निर्मला तामाङ, संगिता मगर र सरु कार्कीले स्वर्ण जिते । काँतामा महिला एकलतर्फ चञ्चला दनुवारले रजत जितेकी छिन् ।

तेक्वान्दोमा भेट्रान खेलाडी आयशा शाक्यले २९ वर्षमाथिको महिला एकल पुम्सेमा स्वर्ण जितेको दुई घन्टापछि मिक्स पुम्सेमा स्वर्ण जितिन् । तेक्वान्दोमा पुरुष पुम्सेको ५८ केजी तौल समूहमा गोविन्दबहादुर आलेले स्वर्ण जिते । एकलतर्फ कमल श्रेष्ठले स्वर्ण जिते ।

कराँतेको ५० केजी कुमुतेमा अनु अधिकारीको प्रदर्शन सानदार रह्यो । उनले सेमिफाइनल र फाइनल दुवैमा नकआउट गरेर खेल जितिन् ।
कराँतेको ८४ केजी तौल माथिको स्पर्धामा नेपालका विप्लव लाल श्रेष्ठले स्वर्ण पदक दिलाएका छन् । आज भएको निकै प्रतिष्पर्धात्मक खेलमा विप्लवले पाकिस्तानका मोहम्मद वाजलाई ६५ को अंकले पराजित गरेका हुन् ।

ट्रायथलनमा सोनिका गुरुङले स्वर्ण जितिन् । पोखरामा भएको ट्रायथलनमा उनले स्वर्ण जितेकी हुन् ।

स्वर्ण जित्नेहरु
तेक्वान्दो
गोविन्द आले पुम्सेको ५८ केजी
कमल श्रेष्ठ पुरुष एकल
आयशा शाक्य २९ वर्षमाथिको पुम्से
आयशा शाक्य र सञ्जीवकुमार ओझा २९ वर्षमाथिको मिक्स पुप्से
पार्वती गुरुङले २३ देखि २९ वर्ष पुम्से
सीना मादेन लिम्बु १७ देखि २३ वर्ष पुम्से
नीता गुरुङ, प्रशंसा क्षेत्री र सुशीला राई २३ वर्षमाथिको स्पर्धा
कराँते
मन्डेकाजी श्रेष्ठ पुरुष कँता
लक्ष्मण तामाङ ५४ केजी
निर्मला तामाङ, संगिता मगर र सरु काकी टिम काता
मन्डेकाजी श्रेष्ठ, महशुश तामाङ र प्रवीण महर्जन टिम काता
विप्लव लाल श्रेष्ठले स्वर्ण ८४ केजी तौल माथि
कुसुम खड्का ४५ केजी कुमुते
अनु अधिकारी ५० केजी कुमुते
ट्रायथलन
सोनिका गुरुङ



प्रतिक्रिया दिनुहोस्