Logo

बार्सिलोनाद्वारा एट्लेटिको मड्रिड पराजित, मेस्सी नायक



काठमाडौं, १६ मंसिर । स्पेनिश जाईन्ट बार्सिलोनाले एट्लेटिको मड्रिडलाई १–० ले पराजित गरेको छ । यो जीतसँगै बार्सिलोना लिगको शीर्ष स्थान्मा उक्लिएको छ । हिजो (आइतबार) राति भएको खेलमा बार्सिलोनाको जितमा कप्तान लियोनल मेस्सीको एकमात्र गोल निर्णायक बन्यो ।

निर्धा्रित ९० मिनेट सकिन चार मिनेट बाँकी रहँदा बार्सिलोना कप्तान मेस्सीले पेनाल्टी बक्सबाट बललाई जालीको दिशा देखाएका थिए । त्यसअघि बार्सिलोनाका गोलकिपर मार्क आन्द्रे टेर स्टेगेनले दुईवटा उत्कृष्ट बचाउ गरेका थिए । जसका कारणले गर्दा मारियो हर्मोसो र अल्भारो मोराटाले गोल गर्ने सुन्दर मौका गुमाएका थिए ।

मेस्सीले ला लिगामा १० खेल खेल्दा आफ्नो गोल संख्या ११ पुर्याएका छन् । १४ खेल खेलेको बार्सिलोनाको ३१ अंक रहेको छ । समान ३१ अंक रहेको रियल मड्रिड गोल अन्तरका आधारमा तालिकाको दोस्रो स्थानमा रहेको छ ।

ला लिगा अन्तर्गत नै आइतबार राति सेभियाले लेगानेसलाई १–० ले, एथ्लेटिको बिल्बाओले ग्रानाडालाई २–० ले, ओसासुनाले स्पान्योललाई ४–२ र गेटाफेले लेभान्टेलाई ४–० ले पराजित गरे । एजेन्सी



प्रतिक्रिया दिनुहोस्