Logo

प्रधानमन्त्रीज्यू यसै हप्ता अस्पतालबाट डिस्चार्ज हुनुहुनेछ- सूर्य थापा, प्रधानमन्त्रीका प्रेस सल्लाहकार



काठमाडौं, १६ मंसिर । प्रधानमन्त्रीका केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्री छिट्टै अस्पतालबाट डिस्चार्ज हुने बताएका छन् । उनीसँग यसै विषयमा ऋषि धमलाले गरेको कुराकानीः
प्रधानमन्त्रीको स्वास्थ्य स्थितिबारे बताइदिनुस् न ?
प्रधानमन्त्रीले हिजो साग खेलकुदको उद्घाटन प्रत्येक्ष प्रशारण आइप्याडमा हेर्नुभयो । उहाँका मोबिलिटीहरु बढिरहेका छन् । पूर्ण स्वास्थ्य लाभ गर्ने चरणमा निरन्तर प्रगतिमा अगाडि बढिरहनुभएको छ ।
अब अस्पताल कति दिन बस्नुपर्ला ?
अब धेरै दिन अस्पताल बस्नुपर्ने नहोला । यसभन्दा पहिला उहाँको उपचारमा संलग्न डाक्टरहरुको टिमले पनि एक हप्ता बस्नुपर्छ भनेको पनि आधा समय बित्न लागिसकेको छ । यसै हप्ता उहाँ डिस्चार्ज हुनुहोला ।
प्रधानमन्त्रीको स्वास्थ्य अफबाह पैmलाउने गरी किन समाचार आइरहेका छन् ?
यस्तो खालको मुसेधन्दा चलाइरहेका छन् । यो धन्दा किन चलाइएको त्यसप्रति हामीलाई आश्चर्य लागेको छ । प्रधानमन्त्री आइसीयुमै भए पनि साग खेल आपैm हेर्न इच्छा राखिरहनु भएको छ । यति हुँदाहुँदै पनि भित्रभित्रै भ्रम पैmलाउने गरी दुश्प्रचारहरु गरिएको छ । हामीले प्रधानमन्त्रीको स्वास्थ्यप्रति जे–जस्ता प्रगति भएका छन् । त्यसको सत्यतथ्य नलुकाइ बताइरहेका छौं । यति हुँदाहुँदै मुसे धन्दा नचलाउन साथीहरुलाई अनुरोध गर्दछु ।
प्रधानमन्त्रीको स्वास्थ्यलाई लिएर किन यस्तो समाचार संम्प्रेषण भइराखेको छ ?
मिडियाले नै यस्तो समाचार सम्प्रेषण ंगरेका छन् म भन्दिँन । अहिले भ्रमको चरणबाट मिडिया मुक्त भएको छ । केही काम नहुने मानिसहरु गलत अफबाह पैmलाएर मनको सन्तोष मान्न खोज्दैछन् । कसैले गलत प्रचार पैmलाउन चाहन्छ भने त्यसपछि नलाग्न सबैलाई आग्रह गर्दछु ।
उपनिर्वाचन परिणामबाट सरकारलाई बेफाइदा भयो भनिन्छ ?
फाइदा कथा पहिला भनौं, ‘अनि बेफाइदाका बारेमा बताउँला’ ।
फाइदा के के भयो त ?
जम्मा ५२ स्थानमध्ये हामीले जितेका वडाहरुमा पनि प्रगति गरेका छौं । हिजो नेपाली कांग्रेसले जितेको पाँचथरको गाउँपालिका नेकपाले सानदार मतअन्तरले जितेको छ । राजपाले जितेको ठाउँमा पनि नेकपाले सानदार ढंगले जितेको छ । पोखरामा पनि विद्या भट्टराईले ठूलो मतअन्तरले जित्नुभएको छ ।
भक्तपुर त तपाईहरुले गुमाउनुभयो नि ?
भक्तपुर एउटा सारङ्गी बजाउने माध्यम बनेको छ । त्यहाँ के कारणले हारियो त ? एउटा राप्रपाले कांग्रेसलाई सहयोग गर्यो । अर्को हाम्रो उमेदवार पहिला पनि प्रतिस्पर्धी हुनुहुन्थ्यो । अरु सरकार विरोधी शक्तिहरु पनि त्यहाँ लागे त्यसै भएर हो । पूर्व माओवादी केन्द्रको उम्मेदवार भएको ठाउँमा ०७४ मा पनि उपत्यकाभित्र चुनाव जित्न गाह्रो भएको थियो । अहिले पनि त्यो ट्रेन देखियो ।
उपत्यकाभित्रको मत सरकारको अलोकप्रियता लक्षित भयो हो ?
सरकारको अलोकप्रियता होइन, लोकप्रिय उम्मेदवारको खोजितिर गयो । निर्वाचनमा सरकार, पार्टीको लोकप्रियतासँगै उम्मेदवारको लोकप्रियता पनि हेरिन्छ । भक्तपुरमा उम्मेदवारप्रति जनताको असन्तुष्टि हुँदाहुँदै पार्टीले बोकेर हिंड्यो । त्यसकारण पार्टीले मेहनत गर्दागर्दै तटस्थ रहेका जनताले स्वीकारेनन् ।
चितवनमा चाहीं कसरी गुमाउनुभयो त ?
चितवनका दुई ठाउँ नेपाली कांग्रेसले पहिला जितेको थियो, त्यहाँ फेरि जितेको हो । अहिले भरतपुरको कुरा छ, त्यहाँ हिजो नेकपा नहुँदै एमालेले एक्लै जितेको ठाउँ हो । अहिले दुई पार्टी मिलेर नेकपा भएपछि हारिएको छ । यो पराजय हाम्रा लागि अलि ‘सक’ हुने खालको पराजय भएको छ ।
त्यहाँ मेयर नै रेणु दाहाल हुनुहुन्छ कसरी हार्यो त ?
यो त सबैलाई थाहा छ नि । कमरेड पुप्पकमल दाहाल नै त्यहाँबाट सांसद हुनुहुन्छ । उहाँको छोरी त्यो महानगरपालिकाको मेयर हुनुहुन्छ । यी सबै हुँदाहुँदै त्यहाँ हार्नुपर्यो, त्यो चाहीं ‘सक’ हुने खालको छ । यो निर्वाचनमा भक्तपुरमा अपबाद हो, त्यहाँ ढंग पुगेन । भरतपुर अकल्पनीय ‘सक’ हो । समग्रतामा यो निर्वाचन नेकपाको सरकार सञ्चालनको निरन्तरताकै रुपमा जनविश्वास भएको हामीले पाएका छौं । File Photo



प्रतिक्रिया दिनुहोस्