Logo

काँग्रेस एक भएमा सानदारसँग चुनाव जित्छ भन्ने देखियो-चन्द्र भण्डारी, नेता, नेपाली कांग्रेस



काठमाडौं, १६ मंसिर । नेपाली काँग्रेसका नेता डा. चन्द्र भण्डारीसँग विद्यार्थीकाल देखिको राजनीतिक अनुभव छ । उनले पछिल्लो समय काँग्रेसभित्र आन्तरिक एकता र परिवर्तनको अभियान चलाइरहेका छन् । उनीसँग ऋषि धमलाले गरेको कुराकानीः
उपनिर्वाचनको परिणामलाई तपाई कसरी समीक्षा गर्नुहुन्छ ?
यो निर्वाचनले नेपाली कांग्रेसलाई ‘तिमी अभैm सजग र सतर्क बन, ‘भागबन्डा मात्रै विजय होइन है, जनताबाट अनुमोदित हुनुपर्छ, त्यसकारण जनचाहना अनुसारको योगदान हुनुपर्छ’ भन्ने कुराको संकेत गरेको छ ।
भक्तपुरमा त जित्नुभयो, पोखरा २ मा किन हार्नुप¥यो ?
यी ठाउँहरु पहिला पनि पराजय भएका हुन् । जस्तो भक्तपुर, धरान, पोखरा जहाँ हामी पहिला पनि हरेकै ठाउँ हुन् । पहिलाको तुलनामा अहिले नेपाली कांग्रेसले वडादेखि माथिसम्म धेरै प्रगति गरेको छ । अहिलेको परिणामले कांग्रेसलाई भागवन्डा नगरी उम्मेदवारी चयन गरेमा जित्न सकिन्छ भन्ने संकेत गरेको छ । तथापि हामी पूर्ण छौं भन्न खोजेको होइन ।
तपाईहरुले जसरी सरकारले काम गरेको छैन, भन्नुभएको थियो काम गरेकै देखियो नि ?
सरकारले जुन तरिकाले काम गरेको थियो । उसको क्रियाकलापबाट जुन खालको परिणाम आउनुपथ्र्यो, सरकारले काम गरेको आधारमा त्यो अनुसारको परिणाम भने आउन सकेन । यो निर्वाचनले जनता पार्टीप्रति कति कट्टर छन् भन्ने दृष्टिकोणले अब नयाँ सोचका साथ अगाडि जानुपर्छ । अब काम नगरी औला ठड्याएर भाषण मात्रै गरेर हुँदैन है भन्ने कुराको पनि संकेत गरेको छ ।
त्यसोभए कांग्रेस र कम्युनिस्टलाई जनताले मन पराए हो ?
मन पराए भन्दा पनि जनताहरु कुनै पनि पार्टीको रसिद काटिसकेपछि चाहे भ्रष्टाचारी होउन्, चाहे दुराचारी होउन् सत्यको पक्षमा भन्दा पार्टीप्रति कठिबद्ध भएको देखिन्छ । अहिलेको निर्वाचन परिणामले जनताहरु राजनीति पार्टीका रुपमा कसरी विभावित छन् त, राजनीतिक रुपमा पार्टीको रुपमा कटि कट्टर छन् भन्ने देखाएको छ । यसमा नेपाल एउटा नमुना हुनसक्छ भन्ने लाग्छ ।
सरकारको अलोकप्रियतालाई लिएर हामीले बाजी मार्यौं भन्ने अवस्था पुग्नुभएन हो ?
यसको बारेमा मैले जवाफ दिइसकेको छु । तर कांग्रेसको अवस्था कस्तो रह्यो भने नेताहरु गुट, उपगुट बनाएर भागबन्डाको राजनीति गर्न थाले । जनचाहना अनुसारको काम गर्नुभन्दा पनि गुट र उपगुटको राजनीतिले नेपाली कांग्रेसलाई असर गरेको छ । अर्को नेपाली जनताले महंगी, भ्रष्टाचार, अनियमिततालाई भन्दा पार्टीको रसिदलाई प्यारो ठान्ने भए । अर्को नयाँ पार्टीहरुलाई वैकल्पिक रुपमा आउन सक्छन् कि भन्ने कुरालाई पनि निरुत्साहित गरेको छ । अर्को कुरा कांग्रेस भक्तपुर, धराजस्ता ठाउँमा मेहनत गर्दा आयो । आउने दिनमा भ्रष्टाचार, अनियमितालाई दह्रो मुद्दा बनाएर अगाडि बढ्दा राम्रो स्थान ल्याउन सफल हुन्छ भन्ने कुरामा मैले देखेको छु ।
यो निर्वाचनमा नेतृत्व चुक्यो नि तपाईंलाई कस्तो लाग्छ ?
अहिले समग्रतालाई हेर्दा नेपालका अहिलेका कुनै पनि नेतृत्वले सवल ड्राइभ गर्न सक्नुहुन्छ भन्ने मलाई लाग्दैन ।
तपाईंहरुले निर्वाचनमा भारतविरोधी एजेन्डा लिएर जानुभयो, त्यसले घाटा भयो कि फाइदा ?
हामीले भारतविरोधी नारा लिएर गएको होइन । त्यसमा त हाम्रो देशको सुरक्षा हामीले गर्नुपर्छ । अरु देशलाई हाम्रो बुझाउनु हुँदैन । अहिले जसरी अप्ठ्यारो परिस्थिति आएको छ । त्यसलाई राष्ट्रिय रुपमा बँचाउन खोजेका हौं । राष्ट्रियतासँग जोडिएका विषयलाई निर्वाचनसँग दाँजेर घाटा र नाफाको रुपमा लिनुहुँदैन ।
चीनले पनि नेपालको सीमा मिचेको छ, तर कांग्रेसका पार्टी सभापतिले नै भ्रातृ संस्थालाई भारतको विरोध गर्न लागउनुभयो नि ?
यो कुरालाई नेपाली कांग्रेसका सभापतिले पनि सशक्त रुपमा उठाउनुभयो । त्यसैगरी प्रधानमन्त्रीले पनि सशक्त रुपमै उठाउनुभयो । नेताहरुले जसरी उठाउनुभयो, त्यसलाई न क्याविनेटमा रहेका रक्षामन्त्रीदेखि यससँग सम्बन्धित मन्त्रीहरुले उठाउन सक्नुभयो न त सरोकारवाला मन्त्रालयले नै उठायो । न नेपाली कांग्रेसका मान्छेहरु जसलाई सभापतिले जिम्मेवारी दिनुभएको थियो । न उहाँहरुले उठाउनुभयो । दुवैतिरका मान्छेहरुले राष्ट्रका बारेमा आफ्ना सशक्त अभिव्यक्तिहरु दिन सकेनन् । मैले त प्रधानमन्त्री र विपक्षी दलका सभापतिबीचमै केही टोख देखेको छु । File Photo



प्रतिक्रिया दिनुहोस्