Logo

कृष्णदासलाई चार दिनको म्याद थप



काठमाडौं, मंसिर १६ । जिल्ला प्रहरी कार्यालय सुनसरीले अनुयायी बलात्कारको आरोपमा रामकृष्णाचार्य बैष्णव कृष्णदास भन्ने कृष्णबहादुर गिरीलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीबाट सोमबार प्रहरी नायब उपरीक्षक विनोद शर्माको नेतृत्वमा गएको प्रहरी टोलीले अनुयायी बलात्कारको आरोप लागेका रामकृष्णाचार्य बैष्णव कृष्णदास भन्ने कृष्णबहादुर गिरीलाई पक्राउ गरेको हो ।

पक्राउ परेका सिद्धबाबालाई प्रहरीले सोमबार नै सुनसरी जिल्ला अदालतमा उपस्थित गराई चार दिनको म्याद थप गरेर अनुसन्धान शुरु गरेको छ । आज बिहान विराट नर्सिङ अस्पताल विराटनगरबाट पक्राउ गरिएका कृष्णदासलाई प्रहरीले म्याद थपका लागि आजै जिल्ला अदालत सुनसरीमा हाजिर गरेको थियो ।

आइतबार नै प्रहरीले कृष्णदासलाई पक्राउ गर्ने तयारी गरेकामा सघन उपचार कक्ष९आइसीयू०मा भर्ना भएकाले पक्राउ गर्न सकेको थिएन ।

कृष्णदासको स्वास्थ्य अवस्था सामान्य भएपछि आज प्रहरीले उहाँलाई नियन्त्रणमा लिएको सुनसरी प्रहरीले जनाएको छ । सिद्धबाबा कृष्णदासले गत कात्तिक ४ गते एक अनुयायीलाई बलात्कार गरेको आरोप लागेको थियो । उनको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्