Logo

सोनीले स्वर्ण जितेपछि सामुन्ने पूर्व आइजीपी आइपुगेपछि…



पोखरा, १६ मंसिर । सोनी गुरुङले ट्रायथलनमा स्वर्ण जीत्न कडा मिहेनत गरिन् । ७५० मिटर फेवा तालको पानीमा पौडी खेलेर, २० किलोमिटर साइकलिङ गरेर पाँच किलोमिटर दौडेर १३ औं सागमा स्वर्ण जित्दा उनी जति खुशी थिइन् नेपाली खेलप्रेमी र खेलपदाधिकारी उत्तिकै खुशी थिए ।

सशस्त्र प्रहरी बलकी सोनीले दौड पूरा गरेपछि आयोजकका रुपमा पोशाक लगाएका एक सामान्य पुरुष मानिस आइपुगे । ती मानिस थिए सशस्त्र प्रहरी बलका पूर्व आइजीपी सिंहबहादुर श्रेष्ठ । साइकलका सौखिन श्रेष्ठ खेलप्रेमी हुन् । उनी आयोजकका रुपमा खेल तयारीका लागि पोखरा पुगेका छन् ।

आफ्नो अगाडि पूर्व आइजीपी श्रेष्ठ तस्बिर खिच्न उत्साही भएर आइपुग्दा सोनी नभर्स जस्तो देखिन्छिन् । तर, सबैसँग आत्मीय व्यवहार गर्ने श्रेष्ठले बधाई दिएपछि उनी झन् खुशी भइन् ।

देशका लागि ट्रायथलनमा पहिलो स्वर्ण दिलाएकी सोनी गुरुङले कडा परिश्रमका कारण नतिजा पनि पाइन् । पदक थाप्दा भावुक बनिन् ।



प्रतिक्रिया दिनुहोस्