Logo

मेरो स्वास्थ्य राम्ररी सुधार भइराखेको छ



काठमाडौँ, १७ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्वास्थ्य बारे जानकारी दिन मनमोहन कार्डियो भास्कुलर तथा टान्सप्लान्ट सेन्टरको गहन उपचार कक्षबाट भिडियो सन्देश जारी गरेको छ ।

सो सन्देशमा आफ्नो स्वस्थ्य सुधार भईरहेको र उपचार राम्ररी अगाडि बढेको बताएको छ । प्रधानमन्त्रीको आधिकारीक वेभसाइटमा ट्वीट मार्फत जारी भिडियो सन्देशमा प्रधामन्त्री ओलीले आफू अहिले साथिभाइहरूसँग कुरा गर्न, समाचारहरू हेर्न सक्ने अबस्थामा रहेको बताएका हुन् । सन्देशमा प्रधानमन्त्रीले आफूले आइतबारको साफ खेलकुद लाइभ हेरेको र साफको उद्घाटन सम्पन्न भएकोमा खुशी व्यक्त गर्दै उद्घाटन गरिदिनु भएकोमा राष्ट्रपति विद्यादेवी भण्डारी तथा सहभागी सबैलाई धन्यवाद दिएका छन् ।

प्रधानमन्त्रीको सम्बोधनको पूर्णअंश

एपेण्डीसाइटिस भनेको कसैलाई समय र सूचना दिएर आउने रोग होइन । यो अचानक आइलाग्छ । मलाई पनि अप्रत्यासित रुपमा त्यसैगरी आइलाग्यो । त्यसमा इन्फेक्सन भएछ । र, त्यो बाहिर पनि फैलिएछ । त्यसमा मात्रै इन्फेक्सन सिमित भएको भए निकालेर फाल्न सजिलो हुन्थ्यो । बाहिर पनि इन्फेक्सन भएको हुनाले त्यो इन्फेक्सनलाई पनि हटाउनु पर्यो। त्यस कारण उपचारका क्रममा हप्ता दश दिन लाग्ने भयो । तर, मेरो स्वास्थ्य राम्ररी सुधार भइराख्या छ ।

एउटा मेजर अपरेशनपछि तपाईंहरु देखिरहनु भएको छ, मेजर अपरेशनपछि पनि म उठेर बोल्न सक्ने, साथीहरुसँग कुरा गर्न सक्ने अवस्थामा छु र समाचारहरु हेर्न सक्ने अवस्थामा छु ।

हिजो मैले १३ औं ‘साग’को उद्घाटन समारोह पनि पूरै हेरेँ । हुन सक्छ कि सक्दैन भन्ने द्विविधा समाप्त भएकामा खुसी लाग्या छ । म राष्ट्रपतिज्यूलाई उद्घाटन गरिदिनु भएकोमा र अरु सबैलाई सहभागि हुनु भएकोमा धन्यवाद भन्न चाहन्छु । मैत्रीपूर्ण खेलबाट देशको इज्जत अगाडि बढाउन र क्षेत्रीय मित्रता अगाडि बढाउन म नेपाली खेलाडीहररू र सार्क क्षेत्रका खेलाडीहररू र सबैलाई आग्रह गर्दछु ।’
गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्