Logo

माल्दिभ्सको जित चाहने नेपाली



काठमाडौं, मंसिर १७ । नेपालले प्रतिस्पर्धाको पहिलो दिन नै कराते र तेक्वान्दोमा समान ७ र ट्रायथलनमा १ गरी कुल १५ स्वर्णका साथ पदकतालिकामा दमदार सुरुआत गरिसकेको छ। घरेलु मैदानमा फर्किएको खेलकुद मेलामा सबै नेपालीको चाहना एउटै छ, आयोजक नेपालले धेरैभन्दा धेरै स्वर्ण पदक हात पारोस्।

तर एक नेपालीका लागि भने भित्री मनमा यो इच्छा रहे पनि मैदानमा नेपालको भन्दा माल्दिभ्सका खेलाडीको चिन्ता बढी छ। उनी हुन्, माल्दिभ्स लन टेनिस टोलीका नेपाली मुख्य प्रशिक्षक कुमार अधिकारी।

२००७ देखि २०१२ सम्मका नेपाल च्याम्पियन अधिकारीले २०१६ देखि हरि हायुको सल्लाहमा माल्दिभ्स लन टेनिस टोलीको प्रशिक्षण सम्हाल्दै आएका छन्। २ वर्षको सम्झौता सकिएपछि अधिकारीले माल्दिभ्ससँग जुनमा मात्र थप एक वर्षको सम्झौता गरेका थिए।
अधिकारी अहिले ४ महिला र ४ पुरुष गरी कुल ८ टेनिस खेलाडीका साथ नेपाल आएका हुन्।

‘दक्षिण एसियाली राष्ट्रमध्ये माल्दिभ्सको टेनिस निकै तल छ,’ अधिकारीले भने, ‘हामी यहाँ कुनै स्वर्णको लक्ष्यभन्दा पनि उत्कृष्ट प्रदर्शनका साथ अनुभव बटुल्न चाहन्छौ।

’अधिकारीले माल्दिभ्सका सिनियर खेलाडीभन्दा उमेरसमूहका खेलाडी क्षमतावान् भएको र अबको केही वर्ष्भित्रै उनीहरूले दक्षिण एसियाली राष्ट्रमा दरिलो उपस्थिति राख्ने बताए।नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्