Logo

नेपाल र ओमनबीच समझदारी



काठमाडौँ, १७ मंसिर । नेपाल र ओमनबीच संस्कृति एवं म्युजियमका क्षेत्रमा सहकार्य गर्ने समझदारी भएको छ । ओमनको मस्कटमा सोमबार आयोजित कार्यक्रममा राष्ट्रिय संग्रहालय छाउनीका प्रमुख जयराम श्रेष्ठ र ओमनका राष्ट्रिय संग्रहालयका महानिर्देशक जमल विन हसन अल मोवासीले समझदारीपत्रमा हस्ताक्षर गरे ।

समझदारीले संग्रहालय क्षेत्रमा दुई देशबीच विज्ञता र अनुभव आदानप्रदान गर्न बाटो खुलेको ओमनका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकालले बताइन् । ‘दीर्घकालसम्म संग्रहालयको विकास गर्न, आवश्यक सरसल्लाह र सामाजिक सहकार्य गर्ने विषयमा समझदारी केन्द्रित छ,’ उनले भनिन् ।
कान्तिपुर दैनिकबाट



प्रतिक्रिया दिनुहोस्