Logo

भत्कियो ६ दशकको ‘लालकिल्ला



काठमाडौं, मंसिर १७ । विभिन्न कारणले रिक्त ३७ जिल्लाको ५२ पदमा उपनिर्वाचन सम्पन्न भएको छ । त्यसको परिणाम पनि सार्वजनिक भइसकेको छ
प्रतिनिधिसभा, प्रदेश सभा र स्थानीय तहको शनिबार भएको उपनिर्वाचनको नतिजा सार्वजनिक हँुदै गर्दा पूर्वको ‘लालकिल्ला’ भनेर चिनिने सुनसरीको धरान महानगरपालिका प्रमुखमा प्रतिपक्षी नेपाली कांग्रेसले विजयी हासिल गरेको छ ।
सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी नेकपाले सोचेजस्तो मत नल्याएपछि ६० वर्षको विरासत गुमाउनु परेको छ । कम्युनिस्ट पार्टीको गढको रूपमा रहेको धरानमा कांग्रेस उम्मेदवार विजयी भएपछि सबैले आश्चर्य मानेका छन् ।
नेकपाका उम्मेदवार प्रकाश राईलाई २ हजार ७ सय ९५ मतले पराजित गर्दै कांग्रेसका तिलक राईले ऐतिहासिक जित दर्ता गरे । कांग्रेसका तिलकले २६ हजार ७ सय ९ मत ल्याए भने नेकपाका प्रकाशले २३ हजार ९ सय १४ मत ल्याए
हजार ८ सय ५३ मतदाता भएको धरानमा ५९।४९ प्रतिशत मत खसेको थियो । उपनिर्वाचनमा कांग्रेसबाट निर्वाचित भएका तिलक २०७४ सालको चुनावमा एमालेका तारा सुब्बासँग पराजित थिए ।राजधानी दैनिकबाट



प्रतिक्रिया दिनुहोस्