Logo

प्रधानमन्त्री ओलीको विषयमा कांग्रेस-कम्युनिष्टले कार्यक्रममै गरे झगडा, भारतबारे भयो यस्तो लफडा



काठमाडौं, १७ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीको विषयमा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेताहरुबीच टिभी कार्यक्रममै झगडा परेको छ ।

नेकपाका स्थायी समिति सदस्य तथा पूर्वमन्त्री आनन्दकुमार पोखरेलले प्रधानमन्त्री ओली नेतृत्वको सरकारले मुलकुमा सुशासन कायम गरेको, भ्रष्टाचारीलाई जेल हालेको, समयमै विकास निर्माणका काम गरेको लगायतका फेहरिस्त सुनाएका थिए । तर, कांग्रेस नेता तथा पूर्वमन्त्री रामकृष्ण यादवले पोखरेलको दाबी ठाडै अस्विकार गरे । उनले ओली सरकारले मुलुकमा सुशासन कायम गर्न नसकेको आरोप लगाए । त्यतिमात्रै नभएर उनले सरकारकै संरक्षणमा भ्रषटाचार बढेको पनि आरोप लगाए । कार्यक्रममा दुवै नेताहरुबीच बाझाबाझको स्थिति पैदा भएको थियो ।



प्रतिक्रिया दिनुहोस्