Logo

भलिबलमा ऐतिहासिक स्वर्णबाट चुक्यो नेपाल



काठमाडौं, १७ मंसिर । एक सेटले अगाडि परिसकेको नेपालले लय गुमाउँदा १३ औं सागको भलिबलतर्फ ऐतिहासिक स्वर्ण जित्नबाट चुकेको छ । उपराष्ट्रपति नन्दकुमार पुन पासाङसहित विशिष्ट व्यक्तिहरु पुगेर खेल हेरिरहँदा नेपाल जितको नजिक पुगेको थियो । तर, चौंथो सेटमा हार व्यहोरेपछि नेपालले पाचौं सेट गुमायो ।

पाचौं सेट भारतले १५-६ ले जित निकाल्यो । पहिलो सेट १७-२५ ले गुमाएको नेपालले दोस्रो सेट २५-२३ र तेस्रो सेट २५-२३ ले जित्यो । चौंथो सेट २५-२० ले गुमाउन पुग्यो ।

मंगलबार दशरथ रंगशालामा भएको खेलमा नेपालले निकै शानदार प्रदर्शन गर्यो । तर, अन्तिमतिर लय गुमायो । नेपाली खेलाडी प्रतिभा माली र सरस्वती चौधरीले उत्कृष्ट प्रदर्शन गर्दा सशक्त प्रदर्शन देखियो र जीतको सम्भावना बलियो भयो । भारत जस्तो भलिबलमा शक्तिशाली देशलाई नेपाली महिला भलिबल टोलीले कडा चुनौती दिए । हारका बाबजुद नेपालले रजत पदक जितेको छ ।

तस्विर : मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्