Logo

लालकील्ला ढाल्यौं, उपलब्धि हासिल गर्यौं-प्रदीप पौडेल, नेता, नेपाली कांग्रेस



काठमाडौं, १७ मंसिर । नेपाली काँग्रेसका उदयीमान नेता प्रदीप पौडेल उपनिर्वाचनमा पार्टीको प्रदर्शनबाट उत्साही छन् । उनले सरकारप्रति जनतामा असन्तुष्टि बढेको समेत बताए । पौडेलसँग ऋषि धमला एनआरएन रेडियोको नेपाली बहसका लागि गरेको कुराकानीः

यसपटकको निर्वाचनमा तपाईंहरुले जित्नुभो कि हार्नुभयो ?
अघिल्लो चुनावलाई जोडेर हेर्दा हामीले बढी जितेका छौं । जस्तो भक्तपुर, धरानलगायतमा । कुनै हामीले जितेका ठाउँमा हारेका पनि छौं । सरकारले काम गर्न नसेकोमा जनतामा जुन खालको असन्तुष्टि थियो । त्यो अनुसारको उपलब्धी हामीले गर्न सकेनौं । त्यसमा हामीले अभैm सच्चिनुपर्ने कुरा त छँदैछ । तर, केही उपलब्धी भने भएको छ ।
कसरी उपलब्धी प्राप्त गर्नुभयो ?
यो निर्वाचनमा हामीले केही नयाँ ठाउँहरु जितेका छौं । जस्तो भक्तपुरमा प्रदेशसभामा जितेका छौं । त्यस्तै धरान उपमहानगरपालिकामा आजसम्म हामीले जितेका थिएनौं । त्यो ठाउँमा धेरैपछि जनताको विश्वास जित्न सफल भएका छौं । चितनवमा पनि जितेको अवस्था छ । बाग्लुङ र दाङमा पहिलाको तुलनामा मतान्तर घटेको छ ।
कास्कीमा त हार्नुभयो नि ?
निर्वाचन प्रचार–प्रसारको बेलामा राम्रो माहोल थियो । तर, चुनावमा जित्ने कुराभन्दा पनि अन्तरसम्म घटाउने स्थिति रहेन । सरकारले गरेका अनियमिततालाई हेरेर विपक्षमा जनमत जान्छ भन्ने हाम्रो जुन अनुमान थियो, त्यो अपेक्षाकृत हुन सकेन ।
धरानको लालकिल्ला भत्काएपछि उपलब्धी भएको हो ?
यसलाई चाहीं हामीले ऐतिहासिक उपलब्धी नै मानेका छौं । त्यहाँ नेपाली कांग्रेसले लामो समयपछि जित हासिल गरेको छ, यो उल्लेखनीय उपलब्धी हो ।
कांग्रेसले चेत्ने बेला भएको हो ?
यो निर्वाचनलाई पनि हामीले समीक्षाको विषय बनाउनुपर्छ । सरकार बनेको अहिले दुई वर्ष हाराहारी हुन लाग्यो । यो अवधिमा सरकारले न्यूनतम अपेक्षा समेत पुरा गरेको अवस्था छैन । शान्तिसुरक्षा, अनियमितता, सुशासनलगायत सबैतिर हेर्दा सरकारप्रति जनताको असन्तुष्टि छ । त्यो असन्तुष्टिलाई जनताले उपनिर्वाचनमा पोख्छन् भन्ने हाम्रो धारणा थियो, त्यो हुन सकेन । यसको कारण हामीले प्रचार–प्रशार आक्रामक ढंगले गर्न सकेनौं । सरकारका कमीकमजोरीलाई जनताले बुझ्ने गरी उनीहरु माझ पु¥याउन सकेनौं । अथवा हामी कांग्रेसले नै जनअपेक्षा अनुसार कुरा बुझ्न नसकेको हुनुपर्छ ।
यो विषयलाई पार्टीको बैठक बोलाएर समीक्षा गर्नुहुन्न ?
यो बेलामा भएको निर्वाचनमा पनि हामीले के कारणले धेरै विजय हासिल गर्न सकेनौं ? हारेका ठाउँमा पनि भोटको अन्तरलाई घटाउन सकेनौ भनेर समीक्षा बैठक हुन्छ । हामीले सच्याउनुपर्ने विषय कहाँनेर रहेछ भनेर हामी समीक्षा गर्न जरुरी छ ।
यो निर्वाचनलाई शेरबहादुर देउवाले त ‘म सफल सभापति हुँ’ भन्नुभएको छ नि ?
त्यस्तो उदाहरण दिने गरी केही राम्रा परिणामहरु प्राप्त गरेका छौं । ठूलो फाइदा हामीले दिने सकेका छैनौं । त्यसैले एकदमै सफल भन्नुपर्छ भन्ने मलाई लाग्दैन । यसलाई सफल भन्दा पनि अहिलेको अवस्थामा पनि जनताले वैकल्पिक शक्तिको रुपमा किन लिन चाहेनन् भनेर समीक्षा गर्न जरुरी छ । यो निर्वाचन भनेको मध्यावधि जस्तै हो । मध्यभागमा भएको निर्वाचनमा जनताले मूल्याङ्कन गर्ने कसीबाट हामी टाढा रह्यौं ।
नेपाली कांग्रेसको महाधिवेशन फागुनमा नगर्दा तपाईंहरुलाई घाटा हुँदैन ?
कुनै पनि पार्टी वा संस्थाले आफ्नो काम नियमित ढंगबाट गर्दा नै सफल देखिन्छ । हाम्रो पार्टीको विधानअनुसार चार वर्षमै महाधिवेशन गर्दा जति राम्रो हुन्थ्यो, त्यसलाई लम्ब्याउँदा राम्रो अवस्था होइन । त्यति हुँदाहुँदै पनि एक वर्ष थप्नै पर्ने भयो, अहिलेसम्म महाधिवेशनको कुनै तयारी छैन । सक्रिय सदस्यता वितरण गर्ने प्रक्रिया पनि शुरु भएको छैन । नविकरण गर्न नै बाँकी छ । त्यसपछि तल्लोतहका अधिवेशन हुँदै केन्द्रीय तहसम्म आउनुपर्छ । यी सबै प्रक्रिया पूरा गर्न हामीलाई अभैm एक वर्ष त लाग्छ । एक वर्ष समय थप्दा पनि त्यसको समयमा महाधिवेशन गर्न प्रक्रिया आजैबाट शुरु गर्नुपर्छ ।
२०७७ फागुनमा महाधिवेशन हुन्छ कांग्रेसको ?
२०७७ फागुनमा त हामी अनिवार्य रुपमा महाधिवेशन गर्नुपर्छ । संवैधानिक व्यवस्था नै पाँच वर्षभित्र महाधिवेशन गर्ने हो ।
सभापतिले समय थप्न सक्नुहुन्छ नि ?
नियमित गर्नुपर्ने काम नगरेर त्यसलाई लम्ब्याउने बाटाहरु के के हुन्छन् भनेर खोज्ने नेतृत्वलाई सफल मान्न सकिँदैन । अहिले फेरि अधिवेशन गर्न नसक्ने कुनै कारण छैन । अहिले हाम्रो मुख्य काम भनेकै संगठन विस्तार गर्ने हो । अनि कताबाट लम्ब्याउन सकिन्छ भनेर खोज्ने हो भने कसरी सफल भन्नु । त्यसैले थपिएको एक वर्षभित्र कुनैपनि हालतमा हामीले महाधिवेशन गर्नुपर्छ ।
सभापतिले चाहनुभयो भने समयमा महाधिवेशन हुँदैन हो ?
म्हाधिवेशन सभापतिले नै गर्ने हो । त्यसलाई समयमा गर्नका लागि उहाँमा इच्छाशक्ति देखिनुपर्छ । हामीलाई सभापतिले समय एक वर्षको थप्ने तर एक वर्ष नपुग्दै महाधिवेशन गरिसक्ने भन्नु्भएको छ । त्योभन्दा बढी समय थप्नेतिर सभापति पनि जानुहुन्न र हामीले पनि त्यो लिनुपर्छ भन्ने छैन ।
भ्रातृ संस्थाको अवस्था लथालिङ छ नि ?
भ्रातृ संस्थाको बारेमा पार्टीले तुरुन्तै निर्णय गर्नुपर्छ ।
अहिले नेपाल साग प्रतिस्पर्धा भइरहेको तपाईंं पनि रुचि राख्नुहुन्छ ?
देशको यति ठूलो विषयमा रुचि नराख्ने कुरै हुँदैन । नेपालमा खेल भइरहेको छ । त्यसमा पनि नेपालले धेरै स्वर्णपदकहरु हसिल गरिरहेको छ । हाम्रा खेलाडीहरुले नेपालको शिर उच्च राख्ने काम गर्नुभएको छ । नेपालमा भएको साग खेललाई सफल बनाउन हामी सबैले सहयोग गर्नुपर्छ । File Photo



प्रतिक्रिया दिनुहोस्