Logo

भारतले ११ सय स्वर्ण पदक जित्दा नेपालको एक सय मात्रै



काठमाण्डौ । नेपालले १३ औँ सागको दोस्रो दिनसम्ममा कूल १ सय स्वर्ण पदक पार गरेको छ । १२ औँ सागसम्म ७९ स्वर्ण पदक जितेको नेपालले आज १३ औँ सागमा प्राप्त गरेको २१ औँ स्वर्णसँगै कूल एक सय स्वर्ण पुर्याएको हो । सागमा भारतले १२ संस्करणभित्रै ११ सय स्वर्ण नघाइसकेको छ ।

सागको १३ औं संस्करणको कराँतेको व्यक्तिगत स्पर्धामा सुनिता महर्जनले स्वर्ण पदक जितेपछि नेपालले अहिलेसम्मको स्वर्ण पदकको संख्या एक सय पुर्याएको छ । १२ औं सागसम्ममा नेपालले कुल ७९ पदक जितेको थियो । यसपटक पदक संख्या बढाएसँगै एक सय स्वर्ण पार गरेको हो । सन् १९८४ मा काठमाडौंमा आयोजित सागमा नेपालले चार स्वर्ण पदक जितेको थियो ।

नेपालले १९८५ मा एक, १९८७ मा दुई, १९८९ मा एक, १९९१ दुई १९९३ मा एक र १९९५ मा चार स्वर्ण पदक जितेको थियो । १९९९ मा आयोजित सागमा नेपालले अहिलेसम्मकै सर्वा्धिक पदक जितेको थियो । कराँते र तेक्वान्दो पहिलो पदक समावेश आठौं सागमा ३२ स्वर्णसहित समग्र प्रदर्शनमा नेपाल दोस्रो स्थानमा आएको थियो ।

२००४ मा पाकिस्तानमा आयोजित सागमा सात स्वर्ण जितेको नेपालले २००६ मा श्रीलंकामा आयोजित दशौं सागमा १५ स्वर्ण जितेको थियो । यसपटक तेस्रो दिन नै दशौं सागमा भन्दा बढी २१ स्वर्ण जितिसकेको छ । यो आठौं सागपछिको दोस्रो ठूलो सफलता हो । २०१० मा आठ र २०१६ मा जम्मा तीन वटा स्वर्ण जितेको थियो ।

नेपालबाट सुरु भएको सागमा भारतले सबैभन्दा बढी पदक जितेको छ । १२ औं सागसम्ममा उसले ११ सय स्वर्ण सहित कुल दुई हजार ८६ पदक जितेको छ । दोस्रो स्थानमा पाकिस्तान छ । उसको ३२९ स्वर्णसहित एक हजार १ सय ५१ पदक छ । २ सय २० स्वर्ण, ३६० रजत र ५ सय ६२ कास्य जितेको श्रीलंका सागको समग्रतालिकामा तेस्रो स्थानमा छ ।

स्वर्ण, रजत र कास्य गरी पाँच सय पदक जितेको नेपाल समग्र प्रदर्शन चौथो स्थानमा छ । ६८ स्वर्ण सहित कुल ६४७ पदक हात पारेको बंगलादेशले नेपाललाई पछ्याइरहेको छ । पहिलो सागदेखि नै निरन्तर सहभागी माल्दिभ्सले स्वर्ण पदको खाता खोल्न सकेको छैन । उसले अहिलेसम्म ४ र रजत ९ कास्य मात्रै जितेको छ ।

दुई स्वर्ण, १६ रजत र ५३ कास्य जितेको भुटान सातौं स्थानमा छ । २००४ मा पाकिस्तानमा आयोजित नवौं सागबाट सहभागीता जनाउन थालेको अफगानिस्तान समग्र अंक तालिकाको छैटौं स्थानमा छ । चार वटा साग खेलीसकेको अफगानिस्तानले २० स्वर्ण, २६ रजत र ५४ कास्य सहित कुल १०० पदक जितीसकेको छ ।



प्रतिक्रिया दिनुहोस्