Logo

१ मिलि सेकेन्डले स्वर्ण



काठमाडौँ, १८ मंसिर । एथलेटिक्स खेलै पुरानो । यसलाई ‘फादर अफ स्पोर्ट्स’ मानिन्छ । यही एथलेटिक्समा सन्तोषी श्रेष्ठले मंगलबार स्वर्णपदक जितेर इतिहास रचेकी छन् । १३ औं दक्षिण एसियाली खेलकुदमा प्राप्त यो उपलब्धिले उनी एथलेटिक्समा नेपालका लागि पहिलो अन्तर्राष्ट्रिय स्वर्ण जित्ने महिला खेलाडी भएकी हुन् ।

सन्तोषीले दशरथ रंगशालाको ट्र्याकमा १० हजार मिटर दौडमा त्यो सफलता हासिल गरेकी हुन् । उनले एक मिलिसेकेन्डले मात्र भारतीय प्रतिद्वन्द्वी कविता यादवलाई पछाडि पारिन् । सन्तोषीको टाइमिङ निस्कियो ३५ मिनेट ०७।९४ सेकेन्डको । कविताको टाइमिङ थियो ३५ मिनेट ०७।९५ सेकेन्ड । एक मिलिसेकेन्ड भनेको त्यति थोरै समय हो, जुन एक सेकेन्डलाई हजार भाग लगाउँदाको एक भाग हो । अर्थात्, हजार मिलिसेकेन्ड बराबर एक सेकेन्ड हुन्छ । ‘फोटो फिनिस’ ९यति नजिक कि अन्तिम रेखा पार गर्दा शरीरको भागबाट गरिनुपर्ने मूल्यांकन० कै रूपमा उनले बाजी मार्दै इतिहास कोरेकी हुन् । एक मिलिसेकेन्डले जीवनमा के अर्थ राख्ला रु यही एक मिलिसेकेन्डले सफलता चुमेकी सन्तोषीले सुनाइन्, ‘टाइम म्यानेजमेन्टमा धेरै कमजोर हुँ । रनिङमा लागेपछि एक मिलिसेकेन्ड पनि कति महत्त्वपूर्ण छ भन्ने बुझ्न थालेकी छु ।’

तेस्रो भएकी श्रीलंकाली निलान्थी लंकाले ३५ मिनेट ५९।०२ सेकेन्डमा दूरी पार गरेकी थिइन् । सात प्रतिस्पर्धीमा नेपालकी विश्वरूपा बुढा ९३८।२४।०३० छैटौं स्थानमा रहिन् । सन्तोषीेले जितेको यो स्वर्णपदक धेरै अर्थमा विशेष रह्यो । मध्यम दूरीमा मिलिसेकेन्डमा नतिजा निस्कनु नै दुर्लभ हुन्छ । अर्को, सागमा नेपालले मध्यम दूरीको दौडमा पाएको ठूलो सफलता हो । त्यसमाथि उनको पहिलो अन्तर्राष्ट्रिय सहभागितामै स्वर्ण जित पनि थियो । यसअघि नेपाललाई सागमा सबै स्वर्ण म्याराथनबाट आएको छ । वैकुण्ठ मानन्धरले तीन, टीका भण्डारी र राजेन्द्र भण्डारीले १–१ स्वर्ण जितेका छन् । आफ्नै भूमिमा साग आयोजना भए पनि रंगशाला पुनर्निर्माणका कारण एथलेटिक्सका खेलाडीले ट्र्याकमा पाइला राख्नै पाएका थिएनन् । साग तयारी भद्रकालीस्थित आर्मीको ट्र्याकमा गरेका थिए । सिन्थेटिक ट्र्याकबारे बेखबर थिए । तर सन्तोषी आफ्नै लयमा दौडिरहिन् । बस, उनलाई यति थाहा थियो कि उत्कृष्ट प्रदर्शन गर्नुपर्छ । त्यहीअनुसार मिहिनेत गरेकी थिइन् । उनले त्यसै गरिन् ।

सुरुदेखि अग्रता लिइरहेकी सन्तोषी र भारतीय कविता एउटै गतिमा दौडिरहेका थिए । २५ ल्यापको फन्को मार्नुपर्थ्यो । अन्य प्रतिद्वन्द्वी पछाडि नै थिए । अन्तिम ल्यापको ५० मिटर बाँकी छँदा कविताले उछिन्दै सन्तोषीलाई कुनापट्टि च्यापिन् । तर, आफ्नो गतिलाई अलि बढाइन् । ‘उनीहरू त अनुभवी छन् । किक पावर राम्रो होला । मेरो पनि किक पावर त छ । तर अन्योल भइरहेकी थिएँ । अन्तिममा म कुनापट्टि च्यापिएँ । हडबढाएँ । तर तत्काल सोचिहालें म अब राइट साइडतिर जानुपर्छ,’ सन्तोषीले त्यो क्षण सुनाइन् । त्यतिबेला आफूले सबैका लागि केही गरेर देखाउनुपर्छ भनेर सोचिहालेको उनले बताइन् । भनिन्, ‘त्यतिबेला मेरा लागि भन्दा पनि विकटमा रहेर होस् या यहीं सहरमा रहेर शिक्षादीक्षा पाउन नसकेका महिलाका लागि मैले दौड्नुपर्छ, देश, गुरु, परिवारका लागि दौड्नुपर्छ भन्ने लाग्यो ।’

यो विधामा सन् २००६ को कोलम्बो सागमा कान्छीमाया कोजुले रजत पदक जितेको इतिहास छ । राष्ट्रिय कीर्तिमान पनि उनै कान्छीमाया ९३५ मिनेट ०३।४३ सेकेन्ड० को नाममा छ । जुन कोलम्बो सागमा रजत जित्दाकै हो । ‘मलाई विश्वास नै लागिरहेको छैन । के मैले जितें र रु अझै कुद्न बाँकी थियो कि,’ अन्तिम क्षण सम्झँदै सन्तोषीले भनिन्, ‘मलाई एकदमै डर थियो । उनीहरू ९प्रतिद्वन्द्वी० धेरै खेलिसकेकाहरू थिए । मेरो त पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता थियो । अन्तिममा किक राम्रो गर्ने हुन् कि भन्ने थियो । तर उत्कृष्ट दिन्छु भन्नेमा दृढ थिएँ । ट्रेनिङमा पनि गुरु र साथीहरूसँग पनि यसैबारे टिप्स लिइरहेकी हुन्थें ।’ नेपाली एथलेटिक्सको सात दशक लामो इतिहासमा महिलातर्फ पहिलो स्वर्ण पदक दिलाएकी सन्तोषीप्रति सम्मान गर्दै ट्र्याकमै एथलेटिक्स संघका अध्यक्ष राजीवविक्रम शाहले व्यक्तिगत रूपमा एक लाख रुपैयाँ पुरस्कारदिने घोषणा गरेका छन् ।

आठौं राष्ट्रिय खेलकुदको ५ हजार मिटर दौडकी स्वर्ण विजेता उनले अन्य थुप्रै स्थानीयस्तरको प्रतियोगितामा मध्यम दूरीमा सफलता पाएकी छन् । तर उनी प्रोफेसनल एथलिट होइनन् । उनी कुनै विभागमा आबद्ध छैनन् । ‘पब्लिक’ भएर खेल्न गाह्रो भए पनि आफ्नो पढाइलाई अगाडि बढाउन त्यही बाटो अंगालेको उनले सुनाइन् । धादिङको ज्वालामुखी गाउँपालिका सुनखानीकी २६ वर्षीया यी धाविकाले पब्लिक हेल्थ विषयबाट स्नातक गरेकी छन् । ‘खेल र पढाइ सँगै लैजानुपर्छ भन्ने सोच छ । त्यही भएर पब्लिक भएर खेलिरहेकी हुँ । साग गेम्ससम्म त राम्रो गरूँ भन्ने थियो । त्यसपछि पढाइ अगाडि बढाउन दौड छोड्छु भन्ने थियो । तर यो सफलताले फेरि मलाई यतैतर्फ डोर्‍याउने छ,’ उनले भनिन्, ‘सबैको जीवनमा स्ट्रगल त हुन्छ । त्यसैबाट केही गर्न सकिन्छ भनेर अगाडि बढ्ने हो । केन्याका खेलाडीले पनि सफलता पाएको चर्चा हुन्छ तर उनीहरूको जीवनमा पनि कति स्ट्रगल छ ।’

उनले सफलताको श्रेय भने रघुराज वन्तलाई दिए । सन्तोषी एथलेटिक्सका पूर्वराष्ट्रिय प्रशिक्षक वन्तको छहारीमा हुर्केकी खेलाडी हुन् । १३ वर्षकै उमेरमा दौडन थालेकी सन्तोषीले भनिन्, ‘मलाई गुरु हजुरबुवा ९नाताले वन्त हजुरबुवा पर्ने० ले दौडाउन सिकाउनुभयो । उहाँकै रेखदेखमा म यहाँसम्म आइपुगें । म यो जितको श्रेय उहाँलाई नै दिन्छु ।’ परिवार, विशेषतस् दाइ केदार श्रेष्ठ अनि मुख्य प्रशिक्षक चन्द्र गुरुङ, टिमका साथीहरूको हौसला र प्रेरणाले पनि आफूलाई जित्न उत्साह थपेको उनले सुनाइन् । ‘पहिला दिदी, दाइहरूले पनि राम्रो गर्नुभएको हो । उहाँहरूको बाटो पछ्याएकी हुँ । म भाग्यमानी भएँ । पहिलो स्वर्ण मेरो नाममा लेखियो । फरक त्यति हो,’ सन्तोषीले भनिन्, ‘आफूलाई माया गर्ने र सहयोग गर्नेहरूका लागि केही गर्नुपर्छ भन्ने लागिरहन्थ्यो । त्यसले पनि ऊर्जा दियो ।’
कान्तिपुर दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

हल बुकिंग फाराम