Logo

तीन मन्त्रीको सुरक्षा खतरा



काठमाडौ, मंसिर १८ । नेपाल सरकारका केहि मन्त्रीहरु सुरक्षा खतरामा रहेको समाचार सार्वजनिक भएको छ । सरकारको सुरक्षा सयन्त्रले विप्लप नेतृत्वको नेकपाबाट प्रधानमन्त्री ओली र प्रचण्ड निकटका मन्त्रीलाई लक्षित गरि आक्रमण गर्ने तयारी भएको भन्ने सुराक पाएको बुभिएको छ ।

सुचना तथा सञ्चारमन्त्री गोकुल बास्कोटा, उर्जामन्त्री बर्षमान पुन, वनमन्त्री शक्तिबहादुर बस्नेत र प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमाल ‘टार्गेट’मा रहेको सुचना सरकारी संयन्त्रले पाएको हो ।

तर, विप्लव नेतृत्वको नेकपा नै यस्तो योजनामा रहेको पृष्टि भने कतैबाट हुन सकेको छैन । यद्यपि शङकासपद दुई जनालाई गिरफ्तार गरिएको सुचना मिलेको छ ।

मन्त्रीको हत्या योजनामा संलग्न हुन सक्ने ठानियका अन्य केहीको खोजी भईरहेको बुभिएको छ । मन्त्रीहरुमध्ये सबैभन्दा बढी खतरमा गोकुल बास्कोटा रहेको बुझिएपनि खतरामा रहेकामाथी थप सुरक्षाको व्यवस्था भने भएको छैन । घटना र विचार राष्ट्रिय साप्ताहिकबाट



प्रतिक्रिया दिनुहोस्